झापा, माघ २५ / केटि साथी संग लजमा बसेका हल्दिवारीका एक युवक मृत फेला परेका छन् ।

गएराति ११ बजे बिर्तामोड ४ स्थित एभरेस्ट होटल एण्ड लजमा युवती लिएर बसेका हल्दिवारी गाउँपालिका वडा न.१ गोलधाप बस्ने ३० वर्षीय सागर बेस्रा मृत फेला परेका हुन् ।
सुनसरी धरान उप–महानगरपालिका वडा न.१५ घर भई हाल कनकाई नगरपालिका वडा न.७ दुर्गापुर बस्दै आएकी बर्ष अन्दाजी २३ की मुना बि.क.संग उनी सो होटलमा बसेका थिए । राति खाना खाई सुतेकोमा बेस्रा सुतेको कोठाभित्र बाथरुमको ढोकाको छेउ भुइँमा लडी बेहोस भएका थिए ।
उनकी साथी मुना बि.क र होटल सञ्चालकले उपचारको लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगेकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।

प्रहरीले होटल सञ्चालक बिर्तामोड नगरपालिका ५ बस्ने बर्ष अन्दाजी ४८ की यामकुमारी उप्रेती र मृतकसंग बस्ने मुना बि.क.लाई नियण्त्रणमा लिएको छ । दुवैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।