ठोस खबर , २६ माघ / झापाको कनकाईमा जारी सातौ जिल्ला अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता “कनकाई कप २०८१” को दोस्रो दिनको खेलमा हल्दिबारी विजयी बनेको छ ।

कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगरपालिकाको प्रायोजनमा कनकाई माविको खेल मैदानमा जारी प्रतियोगिताको दोस्रो दिन हल्दिबारी र गौरादह बिच भएको खेलमा ५-० गोल अन्तरले गौरादहलाई पछि पार्दै हल्दिबारी विजयी बनेको हो ।

खेलको पहिलो हाफ गोल रहित प्रतिस्पर्धात्मक देखिएको प्रतियोगितामा दोस्रो हाफको १२ अौ मिनटमा गौरादहको डिबक्समा गौरादहकै खेलाडिको हातमा बल ठोकिए पछि हल्दिबारीले पाएको पेनाल्टी लाई हल्दिबारीका जर्सी नं. ११ का खेलाडिले गोलमा परिणत गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
हल्दिबारीको जितका लागी दोस्रो हाफको २६ अौ मिनट र खेलको अतिरिक्त समयमा हल्दिबारिका जर्सी नं. १७ का खेलाडी अरुण राईले गोल गरेका थिए भने जर्सी नं. ४ का खेलाडी सुरज उराउले खेलको दोस्रो हाफको ३१ अौ र ३५ अौ मिनटमा गोल गरेका थिए ।

गौरादहले भने खेलमा कुनै पनि गोल गर्न नसक्दा ५-० को फराकिलो अन्तरले हार बेहोर्नु परेको थियोे ।

खेलको म्यानअफ दी म्याच बिजेता टिमका २ गोल कर्ता जर्सि नं. ४ का खेलाडी सुरज उराउ घोषित भए । उनले म्यानअफ दी म्याचको मेडल र नगद २१ सय रुपैयाँ प्राप्त गरे । खेलको म्यान अफ दी म्याचको नगद राशी कनकाई ४ मा रहेको आरोही पोल्टी फमका संचालक अमित पोखरेलले प्रदान गरेका थिए ।

झापा जिल्लाका १५ पालिका मध्ये १२ पालिकाको सहभागिता रहेको प्रतियोगिताको बिजयी हुने टिमले नगद १ लाख १५ हजार तथा उपबिजयी हुने टिमले नगद ६१ हजार रुपैँया पाउने आयोजक समितिका अध्यक्ष छवि थपलियाले बताएका छन ।

प्रतियोगितामा आईतबारको खेल शिवसताक्षी नगरपालिका र बुद्धशान्ती गाउपालिका बिच हुने खेल संयोजक भुवन खतिवडाले जानकारी गराएका छन ।