शिवसताक्षी ,३० माघ / झापाको शिवसताक्षीमा घर भित्रै नङ्गन अवस्थामा एक महिलाको शव फेला परेको छ ।
शिवसताक्षी ११ दुधेमा घरमा एक्लै बस्दै आएकी महिला घरै भित्र मृत अवस्थामा फेला परेको हो ।

अन्दाजी ५८ वर्षीय गंगा कुमारी लिम्बुको आफ्नै घर भित्र नङ्गन अवस्थामा शव फेला परेको वडा न. ११ का अध्यक्ष बहादुर आङ्गबोले बताए ।

सोमबारबाट ती महिलालाई छिमेकीहरुले नदेखेको र मंगलबार पनि घरमा ढोका लगाइरहेको पाएपछि झ्यालबाट हेर्दा किचनमा लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय झिल्लीलेको टोली र जनप्रतिनिधिले ढोका फोरेर शवलाई निकालेका हुन । कानुनी प्रक्रिया पुरा गरी शवलाई पोष्टमाटमका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको जिल्ला प्रहरि झापाले जनाएको छ । सो विषयमा अनुसन्धान जारि रहेको प्रहरिले जनाएको छ ।

गंगा कुमारीका श्रीमान् धर्मराज सेनेहाङ्ग लिम्बु भारतिय सेनाबाट अवकास पछि उनी उतै बस्दै आएको छिमेकीहरुको भनाई छ ।