कनकाई कप २०८१ : बाह्रदशीलाई हराउदै भद्रपुर सेमिफाइनलमा प्रवेश

ठोस खबर , ३० माघ / “खेल मार्फत राष्ट्रविकासको अभियान” नारालाई आत्मासात गर्दै झापाको कनकाईमा जारी सातौ जिल्ला अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता “कनकाई कप २०८१” को छैटौं दिनको खेलमा भद्रपुर नगरपालिका बिजयी हुदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगरपालिकाको मुख्य आर्थिक सहयोगमा कनकाई माविको खेल मैदानमा जारी प्रतियोगिताको छैटौं दिन बुधबारको खेलमा भद्रपुरका खेलाडी सन्देश राईको ह्याटि्रक सङ्गै बाह्रदशीलाई ५—० गोल अन्तरले पराजित गर्दै भद्रपुर सेमिफाईनलमा प्रवेश गरेको हो ।
पहिलो हाफ प्रतिस्पर्धात्मक रहेपनी दोस्रो हाफ , खेलको ४४ अौ मिनेटमा भद्रपुरका खेलाडी संदेश राईले पहिलो गोल गर्दै टिमलाई अग्रता बनाएका थिए । त्यसको लगतै खेलको ४९ अौ मिटमा उनै खेलाडीले गोल गरेपछि भद्रपुर २-० गोलले अगाडि बढेको थियो । खेलको ६०अौ मिनटमा भद्रपुरका खेलाडी दपेश विकले गोल गरे भने खेलको ६१ अौ मिनटमा भद्रपुरका खेलाडी संदेश राईले गोल गर्दै आफुले ह्याटि्रक गर्नुका साथै टिमलाई ४-० गोलको अग्रता दिलाए । खेलको ६५ अौ मिनटमा भद्रपुरका खेलाडी दिपेश विकले गोल गरे संगै भद्रपुरले ५-० को अग्रता बनाउदा दवावमा रहेको बाह्रदशीले कुनै पनि गोल गर्न नसक्दा भद्रपुर ५-० गोल अन्तरले विजयी हुदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

बुधबारको खेलको म्यान अफ द म्याच बिजयी टिम भद्रपुरका खेलाडी सन्देश राई बने । उनलाई कनकाई नगर खेलकुद विकास समितिका उपाध्यक्ष गोविन्द उप्रेतीले सौजन्य गरेको नगद २१ सय रुपयाँ प्रतिष्ठानका पुर्व अध्यक्ष दुर्गा प्रसाईले प्रदान गरे ।
प्रतियोगितामा विहिबारको खेल शिवसताक्षी नगरपालिका र गौरिगंज गाउँपालिकाबिच हुने आयोजक समितिका सचिव रामप्रसाद निरौलाले बताएका छन । बुधबारको खेलको प्रमुख अतिथि पुर्व प्रदेश कृषि मन्त्री हिरा थापा रहेका थिए ।

माघ २५ गते शुक्रबारबाट सुरु भएको खेल फागुन ७ गते सम्पन्न हुनेछ भने खेलमा जिल्लाका १२ पालिकाको सहभागिता रहेको छ । प्रतियोगिताको बिजयी हुने टिमले नगद १ लाख १५ हजार तथा उपबिजयी हुने टिमले नगद ६१ हजार रुपैँया साथै दुबै टिमले ट्रफी , मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका अध्यक्ष छवि थपलियाले जानकारी दिएका छन ।
प्रतियोगीता अवधिभरका लागि एम्बुलेन्स सेवाको सहयोग कनकाई नगर अस्पताल र नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाबाट भएको छ भने स्वास्थ्य सेवाको सहयोग सुरुङ्गास्थित न्युरो मेडिसिन सेन्टरबाट संचालक सरोज ठाकुरले गरिरहेका छन ।
