पेनाल्टी सुटआउटवाट शिवशताक्षी लाई पाखा लगाउदै गौरिगञ्ज कनकाई कपको सेमिफाईनलमा प्रवेश

ठोस खबर , १ फागुन / झापाको कनकाईमा जारी सातौ जिल्ला अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता “कनकाई कप २०८१” को सातौं दिनको खेलमा गौरिगञ्ज बिजयी हुदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगरपालिकाको मुख्य आर्थिक सहयोगमा कनकाई माविको खेल मैदानमा जारी प्रतियोगिताको सातौं दिन बिहिवारको खेलमा पेनाल्टी सुटआउटवाट शिवशताक्षी लाई पाखा लगाउदै गौरिगञ्ज सेमिफाईनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफको २१ अौं मिनटमा गौरिगञ्जका खेलाडी नवराज श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । गौरिगञ्जले गोल गरेपछि खरो उत्रिएको शिवसताक्षीले पहिलो हाफमा १- ० गोल अन्तरमै चित्त बुझाएको थियो ।
गोलको खोजिमा रहेको शिबसताक्षीले खेलको दोस्रो हाफको १७ अौं मिनेटमा रोजिन माझीले गरेको गोल संगै गौरिगञ्ज संग बराबरी गरेको थियो ।
निकै प्रतिस्पर्धात्मक देखीएको खेलमा निर्धारित समयमा बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियोे । पेनाल्टी सुटआउटमा गौरिगञ्जले ५ गोल गर्दा शिवसताक्षीले ४ गोल मात्रै गरेपछि गौरिगञ्जले सेमिफाइनलको उडान भरेको हो ।
बिहिवारको खेलको म्यान अफ द म्याच बिजयी टिम गाैरिगन्जका खेलाडी विनाेद मर्डी घाेषित हुदै आयोजक संस्था कनकाई खेलकुद प्रतिष्ठानका सचिव राम प्रसाद निरौलाले सौजन्य गरेको नगद २१ सय प्राप्त गरे ।
प्रतियोगितामा शुक्रबारकाे खेल हल्दिबारी र कनकाई नगरपालिका बिच हुने आयोजक समितिका उपाध्यक्ष भुवन खतिवडाले बताएका छन । बुधबारको खेलको प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका मेयर मेगाहाङ्ग थोप्रा रोसन रहेका थिए ।
प्रतियोगीता अवधिभरका लागि एम्बुलेन्स सेवाको सहयोग कनकाई नगर अस्पताल र नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाबाट भएको छ भने स्वास्थ्य सेवाको सहयोग सुरुङ्गास्थित न्युरो मेडिसिन सेन्टरबाट संचालक सरोज ठाकुरले गरिरहेका छन ।
माघ २५ गते शुक्रबारबाट सुरु भएको खेल फागुन ७ गते सम्पन्न हुनेछ भने खेलमा जिल्लाका १२ पालिकाको सहभागिता रहेको छ । प्रतियोगिताको बिजयी हुने टिमले नगद १ लाख १५ हजार तथा उपबिजयी हुने टिमले नगद ६१ हजार रुपैँया साथै दुबै टिमले ट्रफी , मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका अध्यक्ष छवि थपलियाले जानकारी दिएका छन ।
