झापा ४ फागुन / जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरि नायव निरिक्षक धनराज खतिवडा कार्यलयको माथिल्लो तलामा झुन्डिएको अवस्थामा मृत फेला परेको छन ।

उनि आईतवार बिहान ४ बजेको समयमा तिन तले कार्यलयको माथिल्लो तल्लामा रहेको पानीको टंकीमा जाने फलामको भर्‍याङमा नाइलनको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरी स्रोतबाट जानकारी भएको छ ।

भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं.४ घर भई हाल मोरंग कानेपोखरी गाउँपालिका वडा नं.७ बस्तै आएका अं.वर्ष ४९ का खतिवडाको आफन्तलाई जानकारी गराई कानुनी प्रकृयाको लागी तयारी भइरहेको र सो सम्बन्धमा थप अनुसन्धान कारय जारी रहेको जिल्ला प्रहरि कार्यलयले जनाएको छ ।