कनकाई कपको फाईनलमा भद्रपुर , उपाधिकालागी गौरिगञ्ज संग प्रतिस्पर्धा गर्ने

ठोस खबर , ४ फागुन / कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा सुरुङ्गामा जारी सातौ जिल्ला अन्तरपालिका स्तरीय फुटबल प्रतियोगितामा कनकाई नगरपालिकालाई हराउदै भद्रपुर नगरपालिका फाईनलमा प्रवेश गरेको छ ।
आईतबार भएको कनकाई नगरपालिका र भद्रपुर नगरपालिका बिचको दोस्रो सेमिफाईनल खेलमा पेनाल्टी सुटआउट बाट कनकाईलाई ४-३ गोल अन्तरले हराउदै फाईनलमा प्रबेश गरेको हो ।
खेलको पहिलो हाफमाको १२ अौं मिनटमा भद्रपुरका खेलाडी उदेश कामतीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । निकै प्रतिस्पर्धात्मक देखिएको खेलमा भद्रपुरले खेलको १७ अौ मिनटमा आफ्नै पोस्टमा अन गोल गरेपछि खेल बराबरी भएको थियोे । त्यस पछि निर्धारित समयमा दुबै तर्फबाट गोलगर्ने अवसर हरु घेरै भेटपनी गोलले जाली चुम्न नसक्दा खेल बराबरिमै सकिए पछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटअआउटमा भद्रपुरले कनकाईलाई ४-३ गोल अन्तरले हराउदै फाईनलमा प्रवेश गर्यो ।
अब फाइलनमा भद्रपुर नगरपालिका र गौरिगञ्ज गाउपालिका उपाधिका लागि आमनेसामने हुनेछन ।
आईतवारको खेलको म्यान अफ द म्याच बिजयी टिमका खेलाडी उदेश कामती घोषित भए । उनले मेडल सहित नगद २१ सय रुपयाँ प्राप्त गरे । उनलाई पाथिभरा हाडवेयर एण्ड सप्लाएरका सन्चालक , ग्रामिण विकास समितिका अध्यक्ष सुवास डाँगीले नगद २१ प्रदान गरे ।

आईतवारको खेलको प्रमुख अतिथि कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल रहेका थिए।
पोखरेलले खेलबाट भाईचाराको सम्बन्ध प्रगाढ बन्नुका साथै स्वास्थ्य रहन समेत महत्त्वपूर्ण भुमिका रहने बताए । उनले कनकाईको महिला र पुरष दुबै टिमले विभित्र छेत्रमा आयोजना भएका खेलमा विजेता भएर ट्रफि ल्याएको जानकारी गराउदै कनकाई नगरपालिका खेलकुदको हबको रुपमा समेत विकसित हुदै गरेको बताउनु भयो ।
प्रतियोगितामा जिल्लाका १२ पालिकाको सहभागिता रहेको छ । प्रतियोगिताको बिजयी हुने टिमले नगद १ लाख १५ हजार तथा उपबिजयी हुने टिमले नगद ६१ हजार रुपैँया साथै दुबै टिमले ट्रफी , मेडल र प्रमाणपत्र पाउने प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले वताएका छन ।
प्रतियोगीता अवधिभरका लागि एम्बुलेन्स सेवाको सहयोग कनकाई नगर अस्पताल र नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाबाट भएको छ भने स्वास्थ्य सेवाको सहयोग सुरुङ्गास्थित न्युरो मेडिसिन सेन्टरबाट संचालक सरोज ठाकुरले गरिरहेको प्रतिष्ठानको सह सचिव गिता खरेलले वताएकी छन ।
कनकाई माविको खेलकैदानमा कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगरपालिकाको मुख्य आर्थिक सहयोगमा “खेल मार्फत राष्ट्रविकासको अभियान” नाराका साथ माघ २५ गतेबाट सुरु भएको सातौ जिल्ला अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता “कनकाई कप २०८१” को फाईनल खेल फागुन ७ गते गौरिगञ्ज गाउपालिका र भद्रपुर नगरपालिका बिच हुने आयोजक समितिका उपाध्यक्ष तथा खेल संयोजक भुवन खतिवडाले जानकारी दिएका छन ।
