ठोस खबर , ७ फागुन / कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगरपालिकाको मुख्य प्रायोजनमा सुरुङ्गामा जारी सातौ जिल्ला अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता “कनकाई कप २०८१” को उपाधि भद्रपुर नगरपालिकाले जितेको छ ।

कनकाई माविको खेलमैदानमा बुधबार भएको फाईनल खेलमा गौरिगञ्ज गाउँ पालिकालाई ३-१गोल अन्तरले हराउदै भद्रपुर नगरपालिकाले उपाधि जितेको हो ।
जित संगै भद्रपुर नगरपालिकाले नगद १ लाख १५ हजार , ट्रफी र मेडल हात पारेको छ भने उपविजेता बनेको गौरिगञ्ज गाउँपालिकाले नगद ६१ हजारमै चित्त बुझाउनु परेको छ ।

भद्रपुरको जितको लागि खेलको पहिलो हाफको १०अौ मिनटमा भद्रपुरका खेलाडी परदेशी टुडुले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफको ५ अौ मिनटमा भद्रपुरका खेलाडी सन्देश राईले गोल गर्दै भद्रपुरको अग्रता दोब्बर बनाएका थिए भने त्यसको लगतै खेलको दोस्रो हाफको १३अौ मिनटमा गौरिगञ्जका खेलाडी विनोद मर्डिले गोल गर्दै गोल अन्तर घटाएका थिए । खेलको ९०अौ मिनटमा भद्रपुरले पेनाल्टी एरियामा फल्ड पाएपछि पाएको पेनाल्टी लाई भद्रपुरका खेलाडी सन्देस राईले गोल गरेपछी ३-१ गोल अन्तरले गौरिगञ्जलाई हराउदै भद्रपुर बिजेता बनेको हो ।

फाइनल खेलमा पहिलो गोल कर्ता भद्रपुरका खेलाडी प्रदेशी टुडु म्यान अफ द म्याच बन्दै नगद २१ सय प्राप्त गरे । यस्तै, भद्रपुरको खेलाडी आमोश टुडु बेस्ट किपर, चन्द्र प्रधान बेस्ट डिफेन्डर र गौरिगञ्जका खेलाडी विनोद मर्डी बेस्ट मिडफिल्डर भए । उनीहरुले जनही ३ हजार एक सयका दरले नगद पुरस्कार पाए ।
यससँगै खेलमा सर्वाधिक ५ गोल गरेका भद्रपुरका खेलाडी सन्देश राईले नगद ३ हजार एक सय पाए भने
भद्रपुरकै खेलाडी रोहन सुब्बा म्यान अफ द सिरिज बन्दै नगद ५ हजार १ सय पुरस्कार प्राप्त गरे ।

विजेता तथा उपविजेता टिमलाई कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेल , नगरपालिकाकी नगर उपप्रमुख आशा शर्मा शिवाकोटी गौरिगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने ( कुवँर ) , कनकाई वडा नं. ३ का वडा अध्यक्ष युवराज चौलागाईं , आयोजक संस्थाका अध्यक्ष छवि थपलिया , खेल संयोजक भुवन खतिवडा साथै विधागत पुरस्कारका स्पोन्सरहरुले पुरस्कार प्रदान थिए ।
समापन समारोहका प्रमुख अतिथि संघिय संसद लालप्रसाद लिम्बू ( एलपी साँवा ) , विशिष्ट अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले शुभकामना राखेको समापन समारोहको सञ्चालन संस्थाका सचिव राम प्रसाद निरौलाले गरेका थिए ।