कनकाईमा महिला लक्षित प्रजनन रुग्णता स्वास्थ्य सेवा शिविर सुरु

ठोस खबर , १३ फागुन / झापाको कनकाईमा नगरका महिला हरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सोमबार देखी प्रजनन रुग्णता स्वास्थ्य सेवा शिविर सुरु भएको छ ।
फागुन २८ गते सम्म विभिन्न केन्द्रमा सन्चालन गरिने शिविरको फागुन १२ गते सोमबार कनकाई वडा नं. ५ मा एक कार्यक्रमका बिच कनकाई ५ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता कृष्णबहादुर राईले उद्घाटन गर्नु भयो ।
शिविरमा पाठेघरको मुखको क्यान्सर (VIA) स्क्रिनिङ साथै प्रजनन् स्वास्थ्य रुग्णता क्यान्सर, सेवा अन्तर्गत स्तन अब्सट्रेटिक फिस्टुला, आङ खस्ने, बाँझोपनसमस्या सम्बन्धि स्क्रिनिङ्ग, स्वास्थ्य सेवा तथा परामर्श गरिने नगर स्वास्थ्य शाखाको सिनियर अनमी टीका दवाडीले जानकारी गराउनु भयो ।
प्रजनन स्वास्थ्य सम्बन्धि समस्या भएका तथा तीस बर्ष माथि उमेर समूहका महिलाहरुलाई लक्षित गरी आयोजना गरिएको प्रजनन रुग्णता स्वास्थ्य सेवा शिविर मा पहिलो दिन कनकाई ५ मा ६७ जनाले सेवा लिएको नगर जनस्वास्थ्य निरिक्षक नारायण अधिकारीले जानकारी गराउनु भयो ।

उहाले फागुन १३ गते वडा नं. ४ को वडा कार्यलयमा , फागुन १५ गते वडा नं. ६ को वडा कार्यलयमा , फागुन १८ गते वडा नं. १ आधारभूत स्वास्थ्य सेवा केन्द्र दुर्गापुरमा फागुन १९ गते वडा नं.२ को वडा कार्यालयमा , फागुन २० गते वडा नं.८ को आधारभूत स्वास्थ्य सेवा केन्द्र, लक्ष्मीपुरमा , फागुन २५ गते वडा नं.९ को घैलाडुब्वा स्वास्थ्य चौकीमा , फागुन २७ गते वडा नं.७ को वडा कार्यालयमा , फागुन २८ गते वडा नं. ३ स्थित कनकाई अस्पताल, सुरुङ्गामा शिविर सन्चालन हुने वताउदै हरेक महिनाको २५ गते नगर अस्पतालमा यो सेवा निशुल्क प्रदान गरिदै आएको समेत जानकारी दिनु भयो ।
