कनकाईमा नारी दिवशको अवसरमा महिला फुटवल हुने

सुरुङ्गा , २३ फागुन / झापाको कनकाईमा ११५ औ अन्तराष्ट्रिय नारी दिवशको अवसरमा झापा जिल्ला स्तरीय महिला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगरपालिकाको आर्थिक सहयोगमा झापाको कनकाई नगरपालिका स्थित जामुनखाडी सिमसारको खेल मैदानमा २४ फागुनबाट ९ औ महिला फुटबल कप हुन लागेको र प्रतियोगिताको सम्पुर्ण तयारी पुरा गरिएको आयोजकले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ ।
आगामी चैत्र २ गतेसम्म आयोजना हुने प्रतियोगितामा झापाको कनकाई नगरपालिकाबाट मात्रै २ वटा फुटबल टिम रहेका छन । जसमा घैलाडुब्बा महिला फुटबल क्लव र सुरुङ्गा महिला फुटबल क्लवले पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउँदै छन ।
जम्मा ८ टिम सहभागि प्रतियोगितामा बाह्रदशी गाउँपालिका, धुब्रतारा दमक, काँकडभिट्टा महिला, शिवसताक्षी महिला, गौरादह महिला, बुद्धशान्ति महिला फुटबल क्लवको सहभागिता रहने प्रतियोगिताको प्रचार प्रसार समिति संयोजक सञ्चारकर्मी समेत रहेका रामप्रसाद निरौलाले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम पुरस्कार नगद १ लाख १ हजार र दोस्रो पुरस्कार ५१ हजार रुपैँया रहेको छ । प्रथम पुरस्कारको थप प्रायोजन कनकाई नगरपालिकाले गर्ने समेत आयोजक समितिका अध्यक्ष छवि थपलियाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
यस प्रतियोगितामा जम्मा ६ लाख ४० हजार २०० रुपैँया खर्च लाग्ने खेल समितिकी संयोजक गिता खरेलले जानकारी दिनुभयो ।
प्रतियोगिता भव्य र सम्भ रुपमा सम्पन्न गर्न सबैको सहयोग अपरिहार्य रहेको कनकाई नगरपालिका २ का वडाअध्यक्ष प्रताव राईले बताउँनुभयो ।
जामुनवारी सामुदायिक वन र जामुनखाडी स्पोर्टिङ क्लवको सहआयोजना रहेको प्रतियोगिताको तयारीका वारेमा कनकाई खेलकुद प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योतीकुमार उप्रेती, जामुनवारी सामुदायिक वन समुहकी कार्यवाहक अध्यक्ष रेणुका खबास, सचिव दिपक ओली लगायातले जानकारी दिनुभएको थियो ।
