कनकाईमा जारी महिला फुटबलमा बुद्धशान्तीलाई हराउदै कनकाई विजयी

ठोस खबर ,२५ फागुन / कनकाईमा जारी जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता दोस्रो खेलमा कनकाई महिला फुटबल विजयी भएको छ ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा पुर्वकै प्रसिद्ध पर्यटकीय स्थल जामुनबारी सामुदायिक वन एवं जामुनखाडी सिमसार क्षेत्रको खेल मैदानमा आईतबार भएको खेलमा बुद्धशान्ती महिला फुटबल टिमलाई ५-० गोल अन्त्तरले पराजित गर्दै कनकाई विजयी बनेको हो ।
खेलअबधि भर कनकाईका खेलाडीले बुद्घशान्तिलाई दबाबमा राखेका थिए । खेलको १७ औं मिनेटमा बुद्धशान्तीकी खेलाडी करुणा राईको आत्मघाती गोलबाट कनकाईले सुरुवाती अग्रता लिएको थियोे । त्यस्तै खेलको २० औं मिनेटमा कनकाईकी खेलाडी समिक्षा मगरले गोल गर्दै पहिलो हापमा २ गोल गरेको थियोे भने दोस्रो हापको ३४,३६ र ४३ औं मिनेटमा कनकाईका खेलाडीहरु समिक्षा मगर, मनिता तुम्मुरुङ्ग र पुर्णिामा राईले थप तीन गोल गर्दै कनकाईले ५-० को जित सु-निश्चित गरेको थियोे ।
खेलको प्लेयर अफ द म्याच कनकाईकी खेलाडी जेनिफर राना घोषित भईन । उनले नगद २ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गरिन ।
प्रतियोगितामा सोमबारको खेल दमक र मेची नगरपालिका बीच हुने प्रतियोगिता संयोजक गीता खरेलले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार रुपैयाँ र उपविजेताले ५१ हजार रुपैयाँसहित ट्रफी पाउने छ ।भने विधागत पुरस्कारको समेत व्यवस्थापन गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा जिलाका ८ टोलि सहभागी रहेका छन भने आगामी चैत २ गते प्रतियोगिता समापन हुने छ ।
प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको प्रतियोगितामा जामुनबारी सामुदायिक वन उपभोक्ता समूह एवं जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र सहआयोजकका रुपमा रहेको छ।
प्रतियोगिताको सहयोगी संस्थाका रुपमा कनकाई नगरपालिका वडा नं.२ को कार्यालय, जामुनखाडी स्पोर्टिङ क्लव र जामुनबारी किर्तन मण्डली रहेको बताइएको छ । प्रतियोगिताको अवधिभर स्वास्थ्य सामाग्रीको निशुल्क सेवा कनकाई १ जुके कल्भर्ट स्थित अग्रज फार्मेसीले गरिरहेको आयोजकले जनाएको छ।