सुरुङ्गा , २८ फागुन / झापाको कनकाई नगरपालिका वडा नम्बर ४ सुरुङ्गा , शान्ति टोलबाट लागूऔषध गाँजासहित चौधरी दम्पती पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले बुधबार शान्ति टोलका ३३ बर्षिय इन्द्र चौधरी र उनकै श्रीमती ३२ बर्षिया ममता चौधरीलाई गाँजासहित पक्राउ गरेको हो । 

गाजाँ कारोबारको गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यलय सुरङ्गाका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहाल नेतृत्वको टोलीले छापा हानी उनीहरुलाई ८ के.जि. ४० ग्राम लागूऔषध गाँजासहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनी पठाएको हो ।

उनिहरुलाई इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।