कनकाई , २९ फागुन / कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा झापाको कनकाईमा जारी जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिताको द‍ोस्रो सेमिफाइनलमा शिवसताक्षी लाई ७-० गोल अन्तरले हराउदै कनकाई फाईनलमा प्रवेश गरेको छ ।

कनकाईले फाईनलमा प्रवेश गरे संगै कम्तिमा पनि ५१ हजार नगद आफ्नो पक्षमा पारेको छ । उपाधिका लागि शनिबार काकरभिट्टाको महिला फुटबल टिम र कनकाई बिच प्रतिस्पर्धा हुने छ ।

खेल अबधिभर कनकाईका खेलाडीले शिवसताक्षीलाई दबाबमा राखेका थिए । खेलको पहिलो हापमा ४ गोल लगाएको कनकाईले दोस्रो हापमा थप ३ गोल गरेसगै शिवसताक्षी माथी कनकाईको महिला फुटबल टिमले ७-० को जित दर्ता गरेको हो ।

खेलको वुमेन अफ द म्याच विजेता कनकाईकी खेलाडी समिक्षा मगर घोषित हुदै जामुनखाडी कृतन मन्डलीले प्रायोजाज गरेको नगद २ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गरिन ।
जिल्लाका ८ टिम सहभागी प्रतियोगिताको फाइनल खेल आगामी चैत २ गते शनिबार दिनको २ बजे हुने खेल संयोजक गिता खरेलले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले १ लाख १ हजार रुपैयाँ र उपविजेताले ५१ हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने आयोजक कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले जानकारी दिएका छन ।

प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको प्रतियोगितामा जामुनबारी सामुदायिक वन उपभोक्ता समूह एवं जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र सहआयोजकका रुपमा रहेको छ ।