ठोस खबर , ३ चैत्र / झापाको कनकाई नगरपालिकामा चैत्र ५ गते बाट वडा स्तरिय भेट्रान नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

कनकाई भेट्रान क्लबको आयोजनामा “स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” नारासहित कनकाई माविको खेलमैदानमा चैत्र ५ गते सुर भई चैत्र १२ गते प्रतियोगिता सम्पन्न हुने छ ।

प्रतियोगितामा नगरको ६ नम्बर बडा बाहेक ८ वटा वडाका टिमले सहभागीता जनाएको क्लबका सचिव रमेश चन्द्रबाबु मैनालीले जानकारी दिएका छन ।

प्रतियोगितामा प्रथम हुनेले नगद २१ हजार र द्वितीय हुनेले नगद ११ हजार रुपैयाँ प्राप्त गर्ने साथै विजेता उपविजेता दुबै टिमलाई ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा हरेक खेलको म्यान अफ दि म्याच साथै म्यान अफ द टुर्नामेन्टलाई समेत पुरस्कारको व्यवस्था गरिएको पनि आयोजकले जानकारी गराएको छ ।

प्रतियोगिताको उद्घाटन खेल वडा नं. ७ र वडा नं. ९ को भेट्रान टिम वीच हुनेछ । ११ साईटको खेलमा ३५ वर्ष उमेर समुहका बढीमा ४ खेलाडी , ३८ बर्ष उमेर समुहका बढिमा २ खेलाडी र अरु सबै ४० बर्ष भन्दा माथिका खेलाडीको मात्र सहभागिता रहने आयोजक क्लबका सचिव मैनालीले जानकारी दिएका छन ।