ठोस खबर , ५ चैत्र / कनकाई भेट्रान क्लबको आयोजनामा कनकाईमा जारि वडा स्तरिय भेट्रान फुटवल प्रतियोगितामा वडा नं. ७ ले विजयी सुरुवात गरेको छ ।

कनकाई माविको खेलमैदानमा जारी प्रतियोगिताको मंगलबार भएको उद्घाटन खेलमा वडा नं. ९ लाई ३-२ गोल अन्तरले पराजित गर्दै वडा नं. ७ विजयी बनेको हो ।

खेलको पहिलो हाफमा वडा नं. ७ का खेलाडी शुक्र बहादुर आङ्दम्बेले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसको लगतै वडा नं. ९ ले पाएको पेनाल्टीलाई ९ का खेलाडी लक्ष्मण श्रेष्ठले गोल गरेपछि पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियोे ।

खेलको दोस्रो हाफमा वडा नं. ९ का खेलाडी देवलाल राजबंशीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने लगत्तै वडा नं. ७ का खेलाडी शुक्र बहादुर आङ्दम्बेले गोल गर्दै बराबरी गरेका थिए ।

प्रतिस्पर्धात्मक देखिएको खेलमा अन्तिम समयमा वडा नं. ७ का खेलाडी शुक्र बहादुर आङ्दम्बेले गोल गर्दै ह्याटि्रक गरे सगै ३-२ गोल अन्तरले वडा नं. ७ विजयी बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलको म्यान अफ दी म्याच उनै ह्याटि्रक कर्ता शुक्र बहादुर आङ्दम्बे बन्दै नगद पुरस्कार प्राप्त गरे ।

“स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” नारासहित आयोजित प्रतियोगिताबाट कनकाईक भेट्रान टिमको समेत क्षनौट गरिने खेल संयोजक दिल कुमार कार्कीले जानकारी गराएका छन ।

नगरको ६ नम्बर बडा बाहेक ८ वटा वडाका टिमले सहभागीता जनाएको प्रतियोगितामा बुधबारको खेल वडा नं. ३ र वडा नं. १ बिच हुने क्लबका सचिव रमेश चन्द्रबाबु मैनालीले जानकारी दिएका छन ।

प्रतियोगितामा प्रथम हुनेले नगद २१ हजार र द्वितीय हुनेले नगद ११ हजार रुपैयाँ प्राप्त गर्ने साथै विजेता उपविजेता दुबै टिमलाई ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका अध्यक्ष श्यामकुमार राईले जानकारी दिएका छन । ११ साईटको खेलमा ३५ वर्ष उमेर समुहका बढीमा ४ खेलाडी , ३८ बर्ष उमेर समुहका बढिमा २ खेलाडी र अरु सबै ४० बर्ष भन्दा माथिका खेलाडीको मात्र सहभागिता रहने पनि अध्यक्ष राईले वताएका छन । प्रतियोगिताको फाईनल चैत्र १२ गते हुने छ ।