कनकाइका बास्तोलाको गाईगोठमा आगलागी हुदा गोठ पुर्ण रुपमा क्षति

झापा , ५ चैत्र / झापा कानकाई नगरपालिका–६ का डम्बर बहादुर बास्तोलाको काठ, बास र टिनको छानो भएको गाई गोठमा आगलागी भएको छ ।
गाईलाई खोले पकाउने क्रममा मंगलबार दिउँसो अचानक आगो सल्किन गई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट उक्त गाई गोठमा रहेको काठ, मकै, आलु, एउटा बाख्राको पाठा, पराल र गाई गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
सोही गोठमा रहेको एउटा खसीको छाला पिल्सीएको छ । आगलागी नेपाल प्रहरी, स्थानियवासी र दमकलको सहयोगमा ४ः२० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको छ । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।