भेट्रान फुटबल कनकाई : वडा नं.८ लाई हराउदै वडा नं. ५ सेमिफाइनलमा प्रवेश

ठोस खबर , ८ चैत्र / कनकाई भेट्रान क्लबको आयोजनामा कनकाईमा जारि वडा स्तरिय भेट्रान फुटवल प्रतियोगितामा वडा नं. ५ सेमिफाइनलमा प्रवेश गरेको छ ।
कनकाई माविको खेलमैदानमा जारी प्रतियोगिताको शुक्रबार भएको खेलमा वडा नं. ८ लाई ३-१ गोल अन्तरले पराजित गर्दै वडा नं. ५ सेमिफाइनलमा प्रवेश गरेको हो ।
प्रतिष्पर्धात्मक रहेको खेलको पहिलो हाफको २० अौ मिनेटमा कनकाई ८ का खेलाडी नवराज भेटवालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफको ६ मिनटमा कनकाई ५ का खेलाडी जगत राईले गोल गर्दै १-१ को बराबरी गरे । दोस्रो हाफको १५ अौ मिनटमा ५ का खेलाडी भक्तबहादुर राईले गोल गर्दै टिमलाई १-२ गोलको अग्रता दिलाएका थिए भने २५ अौ मिनटमा ५ को तर्फबाट पहिलो गोल कर्ता खेलाडी जगत राईले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । यो संगै कनकाई ८ लाई ३-१ गोल अन्तरले हराउदै कनकाई ५ सेमिफाइनलमा प्रवेश गरेको छ भने फाईनल प्रवेशका लागि १० गते आईतवार कनकाई ३ संग प्रतिस्पर्धा गर्ने छ ।
खेलको म्यान अफ दी म्याच कनकाई ५ का खेलाडी प्रेमबहादुर मगर घोषित भए । उनलाई म्यान अफ दि म्याचको नगद पुरस्कार कनकाई उद्योग वाणिज्य संघका महासचिव सरोज सिटौलाले प्रदान गरे ।

भेट्रान क्लबले “स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” नारासहित आयोजित प्रतियोगितामा २५ बर्ष अगाडि फुटबल खेलेका खेलाडीहरुलाई मैदान उतार्दै निरन्तर खेल सगं जोड्दै आएको क्लबका अध्यक्ष श्यामकुमार राईले वताएका छन । यस प्रतियोगिताबाट कनकाईको नगर स्तरीय भेट्रान टिमको समेत क्षनौट गरिने पनि अध्यक्ष राईले जानकारी गराएका छन ।
नगरको ६ नम्बर बडा बाहेक ८ वटा वडाका टिमले सहभागीता जनाएको प्रतियोगितामा शनिवार पहिलो सेमिफाइनल खेल कनकाई ४ र ७ बिच हुने क्लबका सचिव रमेश चन्द्रबाबु मैनालीले जानकारी दिएका छन ।
प्रतियोगितामा प्रथम हुनेले नगद २१ हजार र द्वितीय हुनेले नगद ११ हजार रुपैयाँ प्राप्त गर्ने साथै विजेता उपविजेता दुबै टिमलाई ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका कोषाध्यक्ष सन्तोष लिम्बूले जानकारी दिएका छन ।
११ साईटको खेलमा ३५ वर्ष उमेर समुहका बढीमा ४ खेलाडी , ३८ बर्ष उमेर समुहका बढिमा २ खेलाडी र अरु सबै ४० बर्ष भन्दा माथिका खेलाडीको मात्र सहभागितामा भईरहेको खेल संयोजक दिलकुमार कार्कीले वताएका छन । प्रतियोगिताको फाईनल चैत्र १२ गते हुने छ ।