ब्राउनसुगरसहित भद्रपुबरबाट दुइ युवा पक्राउ

झापा ११ चैत्र / भद्रपुर नाकाबाट दुइ युवा ब्राउनसुगरसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इलाम माइ नगर ५ का अन्दाजी ३३ बर्षिय भूपेन्द्र लावती र झापा बिर्तामाेड ५ का अन्दाजी बर्ष २३ का राजिब चाैधरी रहेकाे वडा प्रहरी कार्यालय भद्रपुरले जनाएकाे छ ।
प्रहरीले दिएकाे जानकारी अनुसार साेमबार साँझ पाैने ७ बजे भद्रपुर ५ काे मेची प्रहरी बिट र लागूअौषध नियन्त्रण ब्यूराे काँकडभिट्टाबाट संयुक्त रूपमा खटिएकाे प्रहरीले भारतबाट नेपाल तर्फ आउँदै गरेकाे मे ६ प ९९७७ नम्बरकाे माेटरसाइकल चेकजाँच गर्नेक्रममा चाैधरीले बाेकेकाे तरकारी झाेला खानतलास गर्दा ९ ग्राम १ मिलिग्राम ब्राउनसुगर फेला परेकाे वडा प्रहरी कार्यालय भद्रपुरले जनाएकाे छ । घटनापछि माेटरसाइकलसहित उनीहरूलाइ वडा प्रहरीले नियन्त्रणमा लिएकाे जनाएकाे छ । उनिहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।