ठोस खबर ,चन्द्र बस्नेत / नेपाल कलवार सेवा समिति झापाको प्रथम वार्षिक साधारणसभा तथा अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

झापाको कनकाई नगरपालिका १ स्थित कटेरो रिसोर्टमा भएको समितिको प्रथम वार्षिक साधारणसभा तथा अधिवेशनले राजकिशोर चौधरी (कनकाइ)को नेतृत्वमा १८ सदस्यीय कार्य समिति समेत सर्वसम्मत चयन गरेको छ ।


समितिको वरिष्ठ उपाध्यक्षमा रामबाबु चौधरी , उपाध्यक्षमा मनोज चौधरी , कोषाध्यक्षमा शत्रुधन चौधरी (बिर्तामोड), सह-कोषाध्यक्षमा शंकर भगत , महासचिवमा दिपककुमार चौधरी र सचिवमा सन्जय चौधरी चयन हुनुभएको छ ।

त्यसैगरी समितिको सदस्यहरुमा नितेश चौधरी , शम्भु चौधरी , हितेश चौधरी , शत्रुधन चौधरी (भद्रपुर) राजकिशोर चौधरी (धुलाबारी ) , अजय कलवर , मनोज भगत , बविता चौधरी (बिर्तामोड) , पुजा चौधरी (शनिशरे) , हेमलता चौधरी (बिर्तामोड) र जगदीश चौधरी (राजगढ) गरि १८ सदस्यीय नयाँ समिति चयन हुनुभएको हो ।

त्यसैगरी साधारणसभा तथा अधिवेशनले प्रेमचन्द्र चौधरीको संयोजकत्तवमा ९ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । सल्लाहकार समितिको सदस्यहरुमा सत्यनारायण चौधरी (बिर्तामोड) , भरत चौधरी , रामनारायण चौधरी , प्रदीप चौधरी , सत्यनारायण चौधरी (दमक) , इन्द्रजित चौधरी , उदयशंकर चौधरी र रामवृक्ष चौधरी (दमक) चयन गरेको नवनिर्वाचित अध्यक्ष राजकिशोर चौधरीले जानकारी दिनुभयो ।

समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समितिका झापा अध्यक्ष राज किशोर चौधरीले विगत एक वर्षको उपलब्धिहरू, चुनौतीहरू, तथा आगामी योजनाहरूबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा संस्थाका तदर्थ समितिका पदाधिकारी र आजीवन सदस्यहरुलाई प्रमाणपत्र समेत बितरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि अग्रज व्यक्तित्व प्रेमचन्द्र चौधरी , विशिस्ट अतिथि नेपाल बिद्धुत प्राधिकरण अनरमनी बिर्तामोडका प्रमुख सन्जिवकुमार शाह , अतिथिहरु सत्यनारायण चौधरी , प्रदिपकुमार चौधरी ,भरत चौधरी , उदय चन्द्र चौधरी लगायतले कलवार समुदायको हकहित, सांस्कृतिक संरक्षण, तथा सामाजिक सेवाका क्षेत्रमा समितिले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभएको थियो ।
नव–निर्वाचित पदाधिकारीहरूले संगठनलाई अझ सक्रिय, प्रभावकारी, तथा समावेशी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सो अवसरमा विभिन्न वक्ताहरूले समुदायको समृद्धि र सामाजिक उत्थानका लागि शिक्षा , आर्थिक सशक्तीकरण तथा एकता आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।

जिल्लाका विभिन्न संघ-सस्थाका प्रमुख तथा प्रतिनिधि सहित २ सय भन्दा बढी व्यक्तिको सहभागीता रहेकोे कार्यक्रममा संस्थाका तदर्थ समितिका अध्यक्ष राजकिशोर चौधरीको अध्यक्षता रहेको थियोे भने कार्यक्रममा उपस्थित सबैलाई संस्थाका तदर्थ समितिका बरिष्ठ उपाध्यक्ष रामबाबु चौधरीले स्वागत गर्नुभएको थियोे । कार्यक्रमको संचालन समितिका महासचिव दिपक चौधरीले गर्नुभएको थियोे ।