ठोस खबर / विश्वभरका दाहाल बन्धुहरुलाई एकत्रित गर्दै यही चैत्र २५ गते देखी चैत्र ३१ गते सम्म कोटिहवनमा सप्ताह व्यापी श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना गरिने भएको छ ।

दाहाल प्रतिष्ठान पुराण आयोजक मुल समारोह समितिको आयोजनामा कनकाई नगरपालिका ४ कोटिहवनमा रहेको दाहाल बन्दुहरुको वत्स भवनमा महायज्ञ आयोजना गरिएको दाहाल प्रतिष्ठान कनकाई शाखाका अध्यक्ष तथा पुराण आयोजक मुल समितिका संयोजक बाबु दाहालले जानकारी दिनुभएको छ ।

वत्स गोत्रिय ज्ञात अज्ञात पितृहरुको उद्धार एवं वत्सगोत्रीय कुल उत्थान गर्ने , कोटिहवनमा रहेको वत्स भवनलाई पुर्णता दिई दोस्रो तल्ला निर्माण गर्ने साथै पवित्र कनकाई नदीमा स्नान एवं कोटिहवन दर्शनका लागि टाढाटाढाबाट पाल्नुहुने बन्धुहरुकालागि निशुल्क विश्राम तथा आवासको व्यवस्था स्थापित गर्दै भवन निर्माण दाताहरूको नामावलीको शिलालेख सम्पन्न गर्ने उदेश्यले संगीतमय सप्ताह व्यापी श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना गरिएको पनि संयोजक बाबु दाहालले जानकारी गराउनु भएको छ ।

“थोपाथोपा जलविन्दुबाट कलश भरिए जस्तै” ” संघे शक्ति कलौ युगे” भन्ने उक्तिलाई आत्मासात गर्दै आयोजना गरिएको बन्धुहरुको महान पुनित कार्यमा तन,मन , वचन , तथा अर्थद्वारा सहयोग गरी महायज्ञ सफल पार्दै दाहाल प्रतिष्ठानले अघिसारेका उदेश्य पुरा गर्नको लागी समेत आयोजकले अनुरोध गरेको छ ।

महा यज्ञमा कथा वाचन इतिहासपुराणाचार्य गायत्री दाहाल बाट र पाठ परायण पण्डित चन्द्रशेखर दाहालबाट हुने वताईएको छ । पहिलो दिन चैत्र २५ गते बिहान ८ बजेबाट शान्ता दाहालको नेतृत्वको पञ्चेबाजा सहित कोटिहवन परिसरमा कलशयात्रा गरि मण्डप पुजा , एवं पाठ परायण साथै कथा शुरु हुने महा यज्ञमा २६ गते बाट हरेक दिन बिहन ७ बजे देखि ९ बजे सम्म पुजा एवं आरती पुष्पाञ्जली १० बजे देखी ३ बजे सम्म पाठ एवं कथा वाचन र वेलुका ६:३० बजे देखी ९ बजे सम्म माहात्मेय , भजन कृतन , झाकी एवं विविध भक्तिमय कार्यक्रम गरिने आयोजकले जानकरी गराएको छ ।
त्यस्तै चैत्र २९ गते दिउसो नन्द उत्सव , चैत्र ३० गते साँझ लक्षवर्तिका प्रज्वलन गरिने कार्यक्रम रहेको र चैत्र ३१ गते पुर्णाहुति एवं प्रसाद वितरण संगै महायज्ञ समापन हुने कार्यक्रम रहेको वताईएको छ ।

देश विदेशमा छरिएर रहनु भएका दाहाल बन्धुहरुको उल्लेख्य उपस्थिति हुने अनुमान गरिएको महायज्ञ सम्पन गर्नको लागी दाहाल प्रतिष्ठान कनकाई शाखाका अध्यक्ष बाबु दाहाल संयोजकरहेको मुल पुराण आयोजक समिति साथै सल्लाहकार , आर्थिक , प्रचारप्रसार , मण्डप व्यवस्थापन , स्वयंसेवक , स्टोर , अतिथि संस्कार , प्रमाणपत्र व्यवस्थापन , फलफुल , यातायात व्यवस्थापन लगायतका उपसमिति वनाई तयारी सुर गरिएको आयोजकले जानकारी दिएको छ ।