करेन्ट लागेर कनकाईका ताराबहादुरको मृत्यु

कनकाई , ३० चैत्र / झापाको कन्काईमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । शनिवार बिहान अन्दाजी ११ बजेको समयमा विद्युतीय मोटरबाट करेन्ट लाग्दा झापाको कन्काईका ताराबहादुर विश्वकर्माको मृत्यु भएको प्रहरिले जनाएको छ ।
कनकाई-१ बस्ने ६६ वर्षीय ताराबहादुर विश्वकर्मा आफ्नै घरमा पानी तान्ने विद्युतीय मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका थिए ।
उनलाई उपचारको लागि आफन्तले विर्तासिटी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप बुझ्ने कार्य भईरहेको वताईएको छ ।
