झापा ,१ बैशाख /  झापाको अर्जुनधारामा  मोटरसाइकलको ठक्करबाट एक जना नाबालकको मृत्यु भएको छ ।
नयाँ वर्षमा इलाम घुम्न गएका बिर्तामोड ४ बस्ने ३३ वर्षीय नकुल राजवंशीको मोटरसाइकलको ठक्करबाट अर्जुनधारा–६ बस्ने रोम पाठकका २ वर्षीय छोरा ओस्कर पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट घाइते बालकको उपचारको क्रममा मृत्यु भएको हो ।

आज दिउँसो ४ः१० बजे इलाम माई नगरपालिका–४ सुखानीस्थित बिर्तामोड–दानाबारी भित्री सडकखण्डमा बिर्तामोडतर्फ आउँदै गरेको मे. ९ प ४५९६ नम्बरको मोटरसाइकलले पाठकलाई ठक्कर दिएको थियो ।

उनलाई बिएन्डसी अस्पताल बिर्तामोड ल्याई उपचारको गराइरहेकोमा आज दिउँसो ४ः४५ बजे उपचारका क्रममा मृत्य भएको हो ।