सुरुङ्गाको ह्यापि ल्याण्ड पार्कमा बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

ठोस खबर , ४ बैशाख / झापाको कनकाई नगरपालिका वडा नं. २ सुरुङ्गामा रहेको ह्यापी ल्याण्ड फनपार्कमा बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा शिवसताक्षि नगरपालिका वडा नं.९ बस्ने संतोष लिम्बु रहेको प्रहरिले जनाएको छ ।
फनपार्क भित्र बिजुलिको काम गर्ने क्रममा करेन्ट लाग्दा घाईते भएका अन्दाजी ४५ बर्षिय लिम्बुलाई उपचारको लागी कनकाई नगर अस्पताल सुरुङ्गा पुर्याउनासाथ चिकित्सकले चेकजाँच गरी मृत घोषणा गरेको प्रहरिले जनाएको छ ।
उनलाई बिहिबार अन्दाजी ४:३० बजेको समयमा पार्क भित्र काम गर्दै गर्दा करेन्ट लागेको वताइएको छ । प्रहरिले घटनाको थप अनुसन्धान गरिरहेको छ ।