चन्द्र बस्नेत ठोस खबर , ११ चैत / झापाको कनकाई नगरपालिकामा एक दर्जनभन्दा बढी सडकको निर्माण कार्य धमाधम भइरहेको छ । नगरका विभिन्न स्थानमा एक दर्जनभन्दा बढी सडक निर्माणको काम धमाधम भइरहेको कनकाई नगरपालिकाका इन्जिनियर विशाल थेवेले जानकारी दिनुभयो ।

नगरका विभिन्न स्थानमा स्तरीय कालोपत्रे र पेबर्स सडकहरु निर्माण भइरहेका हुन् । कनकाई नगरपालिका–२ मा जामुनखाडी चोकबाट वनपथ मार्ग हुँदै बायोग्यास प्लान्टसम्म पुग्ने सडकमा १ हजार ४सय ५६ मिटर लम्बाइ र ८ मिटर चौडाइ रहेको पेबर्स लगाउने कार्य भइरहेको छ । संघीय पूर्वाधार निर्माण अन्तरगत ३ करोड रुपैयाँ लागत रहेको उक्त सडकको निर्माण युनिक कन्ट्रक्सन प्रालि इटहरीले गरिरहेको छ ।

त्यसैगरी कनकाई वडा नं. ४ र ५ हुँदै झापा गाउँपालिका जोड्ने लक्ष्मीमार्गको करिब पाँच किलोमिटर सडक खण्डको कालोपत्रे गर्ने काम पनि भइरहेको छ । स्थानीय, प्रदेश र संघीय सरकारको लगानीमा कनकाई–४ र ५ नम्बर वडा हुँदै झापा गाउँपालिका जोड्ने लक्ष्मीमार्गको कालोपत्रे गर्ने काम बैशाख ७ गतेदेखि शुरु भएको हो । कूल ११ किलोमिटर लामो लक्ष्मीमार्गको छ किलोमिटर सडक कालोपत्रेको काम यसअघि नै सम्पन्न भइसकेको छ । बाँकी पाँच किलोमिटर सडकको निर्माण कार्य यही बैशाखभित्र सम्पन्न गर्ने गरी काम भइरहेको कनकाई–४ का वडाध्यक्ष रोशन सुवेदीले जानकारी दिनुभयो ।

कनकाई नगरपालिकाको एकल ६५ लाख रुपैयाँको लागतमा ७ सय मिटर , प्रदेश सरकार र स्थानीय तहको साझेदारी अर्थात कनकाई नगरको ४५ लाख त्यसैगरी कोशी प्रदेश सरकारको १ करोड २० लाख रुपैयाँको लागतमा १३०० मिटर र संघीय सरकारको ५ करोड २० लाख रुपैयाँको लगातमा ३२०० मिटर सडक निर्माण भइरहेको इन्जिनियर थेवेले बताउनुभयो । स्थानीय, प्रदेश र संघीय सरकारले छुट्टाछुट्टै बोलपत्र आह्वान गरी ठेक्का लगाएको यो सडक खण्डमा विभिन्न पाँच वटा निर्माण कम्पनीले काम गरिरहेको इन्जिनियर कुशल हुमागार्इंले जानकारी दिनुभयो ।

सडक निर्माण भएपछि राजमार्गसँग यहाँका नागरिकको सिधा पहुँच पुग्ने निश्चित छ । सडक कालोपत्रे नहुँदा यहाँ उत्पादित कृषिजन्य वस्तु बजारसम्म पु¥याउन समस्या थियो । हिउँदा धुलाम्मे र बर्खाका बेला हिलाम्मे हुने यो सडक बनेपछि कनकाई र झापा गाउँपालिकाका हजारौं स्थानीयबासी लाभाविन्त हुने वडा न ४ का वडाध्यक्ष सुवेदीको भनाई छ ।

कनकाई वडा नं. ५ मा रहेको स्वर्गद्वारी मार्गलाई दुईवटा भागमा छुट्ट्याई पहिलो चरणमा ३सय ५० मिटर लम्बाइ र ५ मिटर चौडाइको कालोपत्रे गर्ने काम भइरहेको छ देवीमाता पाथीभरा कनट्रशन प्रालि कनकाई३ ले २८ लाखा ५१ हजार रुपैयाँमा योजनाको सम्झौता गरि काम भईरहेको इन्जिनियर कुशल हुँमगाईले जानकारी दिनुभयो ।उहाँले सोही बाटोको बाकी रहेको ३ सय ८७ मिटर लम्बाई र ५ मिटर चौडाई रहने गरि ४५ लाख ८४ हजार रुपैयाँको लागतमा अर्को टेन्डर आवान गरिएको इन्जिनियर कुशल हुँमगाईले जानकारी दिनुभयो ।

त्यसैगरी, कनकाई वडा नं. ८ र ९ जोड्ने हिमाली मार्गको स्तरोन्नती अन्त्तर्गत४ सय ७७ मिटर लम्बाई ७ मिटर चौडाईका लागि चालू आर्थिक वर्षमा नै सम्पन्न गर्ने गरि मिराहाङ्ग निर्माण सेवा कनकाई ३ ले ३० लाख ३ हजार ९सय ५० रुपैयाँ ३६ पैसामा सम्झौता गरि निर्माण कार्य सुरु गरेको ईन्जिनियर बिष्णुबहादुर आङ्ग्दाम्बेले जानकारी दिनुभयो ।कनकाई वडा नं. ३ बाट २ नम्बर वडा जोड्ने महिला मार्गलाई निरन्तरता दिने क्रममा वडा न ३ भित्र सम्पन्न भएको र यतिबेला बाकी रहेको सोही बाटोको वडा न २ मा ३ सय ३६ मिटर लम्बाई ६ मिटर चौडाइको कालोपत्रेको काम गर्न रोयल ईन्पेरियल किङ कन्ट्र्कशन प्रा लि कनकाई ३ ४० लाख रुपैयाँमा सम्झौता गरी निर्माण कार्य सुरु गरिएको नगरपालिकाले जनाएछ।त्यसैगरी कनकाई–१ स्थित जामुनबारी चोकबाट दक्षिण ज्येष्ठ नागरिक भवन जाने प्लमसहितको उच्च स्तरीय सडक निर्माणको काम पनि धमाधम भइरहेको छ । त्यस्तै, २० लाख रुपैयाँ भन्दा बढीका ९ वटा सडक र २० लाख रुपैयाँसम्मको ४ वटा सडक निर्माण भइरहेको छ ।

त्यसैगरी, सडक मर्मत तथा निर्माणमा नैअन्य वडा गत योजनाका कामहरू पनि अन्तिम –अन्तिममा पुगेको वडागत तथ्यांकमा उल्लेख गरिएको छ । त्यसैगरी नगरले सडक संघसंगै नदी नियन्त्रणमा समेत नगरपालिकाले काम गरिरहेको पाईएको छ । कनकाई–२, ४ हुँदै माईखोलाको पूर्वी भागमा कटान नियन्त्रणको काम भइरहेको छ । यस्तै, कनकाई नगरपालिका–१, ३, ७, ५, ६ हुँदै बग्ने सुरुङ्गा खोलाका विभिन्न स्थानमा जालीसहितको तटबन्ध निर्माणको काम भइरहेको छ ।