कनकाईका शिक्षकले गरे नगर परिसरमा विरोध प्रदर्शन

कनकाई ,१६ बैशाख / काठमाडौं केन्द्रित २८ दिन अघि देखिको शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनका क्रममा २८ दिन वितिसक्दा पनि सरकार शिक्षकको माग प्रति गम्भीर नबनी शिक्षकहरुमाथि दमन गर्दै धरपकड तर्फ लागेपछि सोही बिषयलाई लिएर देशै भर शिक्षकहरु विरोधमा निस्किएका छन ।
यसै क्रममा झापाको कनकाई नगरपालिकामा समेत मंगलबार शिक्षकहरुले विरोध प्रदर्शन गरेका छन् ।

पुर्व -पश्चिम राजमार्ग अन्तर्गत कनकाई नगरपालिका जाने बाटोको मुख्य प्रवेशद्वारबाट ब्यानर र विभिन्न नारा अंङ्कित प्लेकाड सहित सयौं शिक्षकहरु जम्माभई बिरोध प्रदर्शन गरेका हुन ।
नेपाल शिक्षक महासंघ कनकाई नगर समितिका सह-अध्यक्ष हेमन्त कुमार नेपालको नेतृत्वमा र्याली निकाली शिक्षक एकता जिन्दावाद, प्रहरी दमन मुर्दावाद,शिक्षक कुट्न पाईदैन, विद्यालय शिक्षा ऐन जारी गर, चाँडो भन्दा चाँडो विद्यालय खोल्ने वातावरण तयार गर, नेपाल शिक्षक महासंघ जिन्दावाद, सरकार तेरो पाराले दुःख पाए साराले, प्रहरी दमन मुर्दावाद, विद्यालय शिक्षा ऐन जारी गर लगायतका नाराजुलुससहित बिरोध प्रदर्शन गरेका छन् । नाराजुलुस गर्दै नगरपालिका बाहिरको मुख्य गेटमा पुगेर र्याली कोण सभामा परिणत भएको थियो ।

कोण सभामा सह- अध्यक्ष हेमन्त कुमार नेपाल , अन्य शिक्षकहरु कर्णबहादुर डागी ,चित्रकला ओली , सारदा पाठक , नरहरि न्यौपाने लगायतले सम्बोधन गर्दै आफुहरुको माग पूरा गर्न दवाफ दिएका थिए ।
कोणसभाको सन्चालन नेपाल शिक्षक महासंघ कनकाई नगर समितिका सचिव निर्मलकुमार खनालले गरेका थिए ।