सवारी दुर्घटनामा दमक नगरपालिकाका कानुन अधिकृत बस्नेतको मृत्युु ६ जना घाइते

उदयपुर , १८ बैशाख / न्यायिक समितिको कार्यक्रममा सहभागी भएर दमक फर्कदैगर्दा सवारी दुर्घटना हुदा दमक नगरपालिकाका कानुन अधिकृत माधव बस्नेतको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन ।
बिहिवार दिउँसो करिब ४ बजे कटारी नगरपालिका वडा नं. ६ सोमबारे स्थित मदन भण्डारी लोकमार्गमा झापा तर्फ आउदै गरेको मे १ च ३०४० नं.को स्कारपियो आफै अनियन्त्रित भई सडक साईडमा लगाएको फलामको ट्रष्ट बेरियरमा ठक्कर खाई दुर्घटना हुँदा बस्नेतको मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ ।
बस्नेतलाई उपचारको लागि प्रादेशिक अस्पताल कटारी पुर्याउन साथ अस्पतालले मृत घोषणा गरेको प्रहरिले जनाएको छ ।
दुर्घटनामा अन्य ६ जना घाईते भएका छन । घाइते हुनेमा सवारी चालक दमक नगरपालिका वडा नं. ९ बस्ने बर्ष ३८ को देबेन्द्र तामाङ, दमक नगरपालिका वडा नं. १० बस्ने बर्ष ४९ को राजेन्द्र प्रसाद भण्डारी, दमक नगरपालिका वडा नं. १ बस्ने बर्ष ४५ को ज्ञानेन्द्र गौतम, दमक नगरपालिका वडा नं. ६ बस्ने बर्ष ५४ को कमल श्रेष्ठ, दमक नगरपालिका वडा नं. २ बस्ने बर्ष ३८ को नबिन खतिवडा र गौरादह नगरपालिका वडा नं. १ बस्ने बर्ष ५४ को भुवन दाहाल रहेका छन भने घाइतेहरुको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भईरहेको उदयपुर प्रहरीले जानकारी दिएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।