ट्रिपर,कार र मोटरसाइकल दुर्घटना हुदा ४ जना घाइते

झापा ,२२ बैशाख / झापाको कमल गाउँपालिका ५ पाडाजुँगीस्थित लोकमार्गमा भएको सवारी दुर्घटनामा चार जना घाइते भएका छन् । सोमवार साँझ ५ बजेको समयमा भएको दुर्घटनामा चार जना घाइते भएका हुन् ।
घाइते हुनेमा कार चालक सुनसरीको धरान उप–महानगरपालिका ११ का ६८ बर्षिय जीवनकुमार विश्वकर्माको छातीमा चोट, अवस्था बोल्न सक्ने मध्यम छ । कारमा सवार सुनसरीको इटहरी उपमहानगरपालिका ८ का ५३ बर्षिय राजु गहतराजको टाउकोमा चोट, दुबै खुट्टामा चोट, अवस्था बोल्न सक्ने मध्यम रहेको छ ।
यसैगरी कारमा पछाडी सवार इटहरी उपमहानगरपालिका–८ का ३१ बर्षिय भीम गहतराज दाहिने खुट्टा भाँच्चिएको, अबस्था बोल्न सक्ने मध्यम र मोटरसाइकल चालक झापा कमल गाउँपालिका ६ का १८ बर्षिय सोहत भुजेलको दाहिने खुट्टामा सामान्य चोट, अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको ना.१ क ७६७६ नम्बरको ट्रिपर र विपरित दिशाबाट आउँदै गरेको को १ च ७९६९ नम्बरको कार र सोही कार पछाडी आउँदै गरेको प्रदेश १–०१–०१६ प ४३९२ नम्बरको मोटरसाइकल समेत ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारको लागि निम्स अस्पताल दमक पठाएको छ । उक्त घटना स्थलमा इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोली पुगेर तीन वटै सवारी साधन र टि–पर चालक मोरङ बेलबारी नगरपालिका–११ का ३२ बर्षिय अरुण कटुवाललाई इलाका प्रहरी कार्यालय दमकमा ल्याई राखिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।