ठोस खबर , २८ बैशाख / झापाको कनकाई नगरपालिका २ सुकेडागीमा श्रीमानले श्रीमतीलाई धारीलो हतियार प्रयोग गरी ह*त्या गरेका छन ।

सनिवार राती अन्दाजी ११:२० बजेको समयमा कनकाई नगरपालिका वडा नं. २ सुकेडागी बस्ने वर्ष ३५ को कविराज हेमरनले श्रीमती वर्ष ३४ की पुजा हेमरन बिच झगडा हुदा श्रीमान कविराजले धारीलो हतियार खुकरीले घाटिमा प्रहार गर्दा पुजाको मृ*त्यु भएको जिल्ला प्रहरि झापाले जनाएको छ ।

खुकुरी र श्रीमान कविराज हेमरम हेमरमलाई प्रहरिले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको र घटना स्थाल सुरक्षित राखिएको प्रहरिले जनाएको छ ।
लास पोष्टमार्टमको लागी प्रादेशिक अस्प*ताल भद्रपुरमा लगीएको छ ।