ठोस खबर , ३० बैशाख / सुरुङ्गा खानेपानीले डाईरेक्ट पाइपलाइनमा मोटर जडान गर्ने ग्राहकको धारा वन्द गर्न सुरु गरेको छ ।

सुरुङ्गा खानेपानी तथा सरसफाई सामुदायिक उपभोक्ता संस्थाले विगत २०८१ सालदेखि नै खानेपानी पाइपलाइनमा डाइरेक्ट मोटर जडान नगर्नु भनी बारम्बार सूचना जारी गर्दा पनि अटेर गरी खानेपानी पाइपलाइनमा डाइरेक्ट मोटर जडान गरी पानी तानीरहेको भन्दै उपभोक्ताको घरमा मंगलबारदेखि खानेपानी लक गर्ने कार्य सुरु गरेको हो ।

खानेपानी पाईपलाईनमा यसरि डाइरेक्ट मोटर जोड्दा अन्य उपभोक्ताहरूलाई प्रत्यक्ष असर परेको खानेपानी संस्थाबाट जानकारी भएको छ । मंगलबार पहिलो दिन ५ जना ग्राहकको धारा बन्द गरिएको संस्थाका सचिव गोपाल खरेलले जानकारी दिनु भएको छ भने यसरी जडान गरिएका ग्राहकको धारा लक गर्ने कार्य निरन्तर रहने पनि खरेलले वताउनु भएको छ ।