थाक्रेका जनप्रतिनिधि र कर्मचारीलाई कनकाईमा स्वागत संगै अन्तरक्रिया

ठोस खबर , ३० बैशाख / कनकाई नगरपालिकाले थाक्रे गाउपालीकाका जनप्रतिनिधि र कर्मचारीलाई नगरमा स्वागत गर्दै विविध बिषयमा अन्तरक्रिया समेत गरेको छ ।

अन्तरपालिका अध्ययन अवलोकन भ्रमणको क्रममा मंगलबार कनकाई नगरपालिकामा आईपुगेको वाग्मती प्रदेश धादिङको थाक्रे गाउपालिकाका जनप्रतिनिधि र कर्मचारी हरुको टोलीलाई कनकाईमा स्वागत गर्दै सोही अवसरमा अन्तरक्रिया समेत गरिएको हो ।

अन्तर क्रिया कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल , प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने , थाक्रे गाउपालिकाका उपाध्यक्ष यन्द्र बहादुर थापा , थाक्रे गाउपालिकाका प्रशासकिय अधिकृत बम बहादुर केसी , कनकाई नगरपालिकाका कार्यपालिका साथै न्यायिक समितिका सदस्य नवल कीसोर दत्तले दुबै पालिकाले गरेका असल अभ्यास , न्यायिक समितिबाट भएका कार्यसम्पादन , प्रशासनिक गतिविधि लगायतका विषयमा छलफल गर्दै अनुभव आदानप्रदान गर्नु भएको थियोे ।

थाक्रे गाउपालिकाका उपाध्यक्ष यन्द्र बहादुर थापाले अध्ययन अवलोकन भ्रमणमा रहेको पालिकाको समुहलाई कनकाई नगरले गरेको स्वागत सम्मान प्रति आभार व्यक्त गर्दै नगरले अन्तरक्रिया कार्यक्रम गरी नगरको सम्पुर्ण अवस्था वारे जानकारी गराएकोमा धन्यवाद ज्ञापन गर्नु भयो । उहाले यस्ता किसिमका कार्यक्रमले पालिका पालिका बिचमा आफुले गरेका कार्यको असल प्रतिफलबारे एक अर्कामा जानकारी हुने र सोही अनुसार नयाँ कार्ययोजना वनाई काम गर्न सजिलो हुने समेत वताउनु भयो ।

कनकाई नगरपालिकाको बारेमा नगरका आईटी प्रमुख खगेन्द्र मिश्रले जानकारी गराउनु भएको कार्यक्रममा उपस्थित सवैलाई स्वागत प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले गर्नु भएको थियोे भने कार्यक्रम सञ्चालन प्रशाशकिय अधिकृत जमुना कटुवालले गर्नु भएको थियोे ।