ठोस खबर , १ जेठ/ झापाको हल्दिबारीमा हावा हुण्डरीले घर भत्काउदा घरले थिचेर एक जनाको मृ*त्यु भएको छ ।

गयराती अन्दाजी ११:५० बजेको समयमा आएको हाबा हुण्डरीले झापा हल्दिबारी गाउँपालिका वडा न.५ त्रिबेणी चोक बस्ने वर्ष ६५ को मान बहादुर मगरको घर भत्काउदा टिनको छानो भएको टाडेघरमा सुतिरहेका मानबहादुर घरको बिमले थिचेको अवस्थामा मृ*त फेला परेको जिल्ला प्रहरी झापाले जानकारी दिएको छ ।

घटनाको बारेमा कानुनि प्रक्रिय सुरु गरी थप अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ ।