कनकाई अपाङ्गता समावेशी संस्थाको बार्सिक समिक्षा गोष्ठी

चन्द्र बस्नेत , ठोस खबर ५ जेठ / कनकाई अपाङ्गता समावेशी संस्थाको बार्सिक समिक्षा गोष्ठी सम्पन्न भएको छ।
कनकाई अपाङ्गता समावेशी संस्थाको आयोजना प्रदेश सरकार सामाजिक विकास मन्त्रालय , कनकाई नगरपालिका र करुणा फाउन्डेशन नेपालको साझेदारीमा आईतबार नगर परिषरमा संस्थाले वार्सिक समिक्षा गोष्ठी सम्पन्न गरेको हो।
” समावेशी र दिगो भविस्यका लागि अपाङ्गता भएका ब्यक्तिहरुको नेतृत्वलाई प्रवर्द्धन गर्नु ” भन्ने मुल नारा लिएर अगाडी बढीरहेको संस्थाले आईतवार कनकाई नगर परिषरमा संस्थाका नगर अध्यक्ष पुस्पलाल घिमिरेको अध्यक्षता तथा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा बार्सिक समिक्षा गोष्ठी सम्पन्न गरीएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख पोखरेलले नगरले अपाङ्गता एवम् फरक क्षमता भएका र लक्षित वर्गलाई विशेष प्राथमिकता दिएको बताउनुभयो । उहाँले कनकाईमा अपाङ्गता एवम् फरक क्षमता भएका सबै नगरबासीलाई आत्मनिर्भर हुने सिपमुलक विभिन्न तालिम सहित अवलोकन भ्रमणमा समावेश गराईदै आएको बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख पोखरेलले अपाङ्गता भएका व्यक्तिहरु, महिला, बालबालिका, ज्येष्ठ नागरिक नगरको पहिलो प्राथमिकताको क्षेत्र भएको बताउनुभयो । “लक्षित वर्गको उत्थान, प्रबद्र्धन एवम् सम्बद्र्धनका लागि नगर रहेक वर्ष नीति तथा कार्यक्रममै समेटेर काम गर्दै आएको छ”, उहाँले भन्नुभयो, “आगामी दिनमा समेत नगरले यस्तो कामलाई प्राथमिकतामै राख्छ, कनकाईलाई अपाङ्गमैत्री नगर बनाउन कुनै कसर बाँकी राखिने छैन ।” नगर प्रमुख पोखरेलको भनाई थियोे ।
पछिल्लो समय अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने दृस्ठिकोणमा केही सुधार आएपनि अझै पनि सत प्रतिशत घरपरिवार सहित समाजले हेर्ने नजरमा सुधार हुन नसकेकोमा दु:ख प्रकट गर्नुभयो ।
कार्यक्रममा समावेशी अपाङ्गता समिति शिवसतासिका अध्यक्ष रमेश भण्डारी , समावेशी अपाङ्गता समिति अर्जुन धाराका उपाध्यक्ष डिल्लीराम घोर्साई , जेष्ठ नागरिक नगर अध्यक्ष सम्भुप्रसाद पोखरेल , नेपाल रेड्क्रस उपशाखा सभापति गोपाल प्रसाद उप्रेती , सुस्त मनस्सथिति सरोकार केन्द्रकी अध्यक्ष भगिरथा चापागाईं लगायतले कनकाई नगरले गरेको कार्यको खुलेर प्रसंङ्गसा गरेका थिए ।
कार्यक्रममा नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख टिका खतिवडाले नगरले अपाङ्गता हरुका लागि धेरै प्रकारको कार्यक्रम निरन्तर गरिरहेको बताउनुभयो । उहाँले अपाङ्गता भएकाहरु आत्मनिर्भर भएर समाजमा सम्मानपूर्वक जीवनयापन गर्न सक्षम हुन् भन्ने उद्देश्यले कनकाई नगरपालिका र यहाँका वडा कार्यालयहरुले धुप, साबुन, हार्पिक, फिनेल, माला ,कुचो बनाउने लगायतका तालिम दिइसकेको बताउनुभयो ।उहाँले नगरले क्षमता विकासदेखि सीपमूलक तालिम अवलोकन लगायतका कार्यक्रम निरन्तर दिइरहेको जानकारी गराउनुभयो।
कार्यक्रममा आयोजक संस्था कनकाई अपाङ्गता समावेशी संस्थाका अध्यक्ष पुष्पलाल घिमिरेले यस प्रकारको कार्यमा जनप्रतिनिधि, सम्बद्ध संघसंस्था र सरोकारवाला सबैको सहयोग र सहकार्य जरुरी रहेको बताउनुभयो ।उहाँले आफुहरुका लागि नगर तथा वडाहरुले गरेको कार्य प्रति खुशी प्रकट गर्दै निरन्तरता कामना पनि गर्नुभयो ।
समुदायमा आधारित पुर्नस्थापना केन्द्रका सहजकर्ता चेतन आचार्यले औचित्यमाथी पारेको कार्यक्रमको स्वागत आयोजक कनकाई अपाङ्गता समावेशी संस्थाका सह-सचीव नैनसिंह विस्टले गर्नुभएको थियोे भने सन्चालन कर्मचारी सागर मण्डले गर्नुभएको थियोे ।
कार्यक्रममा कनकाई नगर जनस्वास्थ्य अधिकृत नारायण अधिकारी , विभिन्न वडाका जनप्रतिनिधि , सबै वडाबाट प्रतिनिधि मुलक सहभागीहरु लगायत ६० जना भन्दा बढीको सहभागिता रहेकोे थियोे ।
कनकाई नगरमा एक हजार ४ सय ८५ जना अपाङ्गता भएका व्यक्तिहरु रहेकोे नगरपालिकाले जनाएको छ।
