पटक पटक बिजुली काटिए पछि कनकाई माओवादीले गर्यो प्राधिकरणको ध्यानाकर्षण

सुरुङ्गा , १३ जेठ /नेकपा माओवादी केन्द्र कनकाईले विना सुचना पटक पटक बिजुली काटिएको भन्दै विद्युत प्राधिकरण सुरुङ्गालाई सचेत गराएका छन ।
माओवादी केन्द्र कनकाईका नगर अध्यक्ष बिष्णुप्रसाद बिमलीको नेतृत्वमा गएको माओवादीको टोलीले विद्युत प्राधिकरण सुरुङ्गा प्रशाखाका प्रमुख मार्फत सरकार समक्ष समेत पुग्ने गरी कनकाई नगरपालिका क्षेत्रमा हुने गरेको अनियमित र अत्याधिक लोडसेडिङका वारेमा ध्यानाकर्ण गराएको हो ।
पार्टीका अध्यक्ष बिमली प्रदेश सदस्य गोपाल प्रसाई, पार्टीका पुर्वअध्यक्ष यामनाथ सेढाई, पार्टीका उपाध्यक्ष रामबहादुर थापा, पार्टीका वडा नम्बर ४ का वडासचिव मेघनाथ मगर, नगर कमिटी सदस्य डिल्लीराम पाठक, पार्टीका वडा नम्बर १ का वडाअध्यक्ष कृष्णप्रसाद सिटौला, कनकाई नगरपार्टी ६ का वडाअध्यक्ष रेवतबहादुर रेग्मी, ३ का वडाअध्यक्ष नेत्रकुमार ढुङ्गेल, ७ का पार्टी अध्यक्ष अनिरुद्र चापागाई, ४ का वडाअध्यक्ष गोविन्द चापागाई, पार्टीकी कोषाध्यक्ष लीला प्रसाई संग्रौला, वाईसिएल कनकाई नगर कमिटी अध्यक्ष लीला कार्की लगायातको टोलीले विद्युत प्राधिकरणको कार्यालयमा पुगि ५ वुदे ध्यानाकर्षण गराएको हो ।
जसमा लोडसेडिङको वास्तविक कारण जनता समक्ष ल्याएर चाडै यसको तालिका समेत सार्वजनिक गर्नुपर्ने, अत्यावश्यक सेवा भइरहेको क्षेत्रमा प्राथमिकताका साथ विजुली दिनुपर्ने, विद्युत काटने कुराको दिर्घकालिन समाधानको उपायका लागि सम्बन्धित पक्षसग समन्वय गरिनुपर्ने विद्युत पटक पटक आउने जाने हुदा विद्युतीय उपकरणमा समेत क्षति पुग्ने हुदा तत्काल विजुली नियमित गरिनुपर्ने माग रहेको छ ।
यता सुरुङ्गा विद्युत प्राधिकरणका प्रमुखले माओवादी केन्द्रको ध्यानाकषर्ण पत्र बुझ्दै हालपनि पर्याप्त बिद्युतको लोड रहेको तर हावाहुरीका कारण प्राविधिक कारणपनि वेला वखत समस्या आउने गरेको जानकारी दिनुभयो । उहाँले यस क्षेत्रमा हुकिङ गरेर विद्युत चोरीका कारण पनि कतिपय अवस्थामा समस्या आउनेगरेको जानकारी दिनुभयो । केन्द्रिय प्रशारणकै कारण विद्युत जानेगर्दा भने समस्या आउने गरेकोले यसका लागि माथिल्लो निकायमा जानकारी गराउँने समेत जानकारी दिनुभयो ।
कार्यक्रममा कुलमान घिसिङलाई सरकारले हटाएको पहिलो दिनदेखिनै समस्या आएको भन्दै आफुहरुलाई ठुला व्यावसायीलाई जनतामा आउने विद्युत कटौटी गरेर दिने गरेका कारण समस्या आएको भन्दै यसो भएमा पार्टीले जनता र जनजिविकाको पक्षमा लागि पर्ने बताएको थियो । ज्ञापनपत्र वितरण कार्यक्रम पार्टीका नगर सचिव तेजबहादुर आचार्यले सहजीकरण गर्नुभएको थियो ।