राजावादी आन्दोलनको तेस्रो दिन , बालुवाटार घेराउ गर्न पुगे आन्दोलनकारी

ठोस खबर ,१७ जेठ / जेठ १५ गतेबाट राजावादीहरुले सुरु गरेको अनिश्चितकालीन आन्दोलनको तेस्रो दिन राजावादीहरु बालुवाटार घेराउ गर्न पुगेका छन ।
नारायणहिटी परिसरलाई निषेधित क्षेत्र तोकिएपछि राजावादीहरू शान्तिवाटिकामा भेला भएर प्रधानमन्त्री निवास बालुवाटारतर्फ अघि बढेका हुन । राप्रपालगायत दल र राजावादी समूहले राजसंस्था पुनः स्थापना र हिन्दु राष्ट्रको मागसहित १५ गतेदेखि काठमाडौँबाट सुरु गरेको अनिश्चितकालीन प्रदर्शन अनुसार उनीहरुले शनिबार दरबारमार्ग क्षेत्रमा प्रदर्शन गर्ने जनाएका थिए । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबारदेखि नै लागू हुने गरी २४ असारसम्म नारायणहिटी दरबार संग्रहालय क्षेत्रलाई निषेधित क्षेत्र तोकेपछि उनीहरूले कार्यक्रमस्थल परिवर्तन गरेर प्रधानमन्त्री निवास वालुवाटार घेराउ गर्न वालुवाटार पुगेका हुन ।
नवराज सुवेदी नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन परिचालन समितिले यो आन्दोलनको नेतृत्व गरिरहेको छ । संयोजक सुवेदीले जनप्रदर्शन निरन्तर चल्ने बताएका छन् । ‘राजतन्त्रसहितको हिन्दु राष्ट्र कायमको माग राख्दै सुरु गरिएको आन्दोलन माग पूरा नहुँदासम्म अखण्ड रूपमा रहने सुवेदीले वताएका छन ।