बसले मोटरसाइकललाई ठक्कर दिदा दमकका थापाको मृत्यु

झापा , २२ जेठ / बसले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्युु भएको छ । बुधबार साँझ करिब ७:२० बजेको समयमा दमक ७ स्थित पशुहाट डाँडा
पूर्व–पश्चिम राजमार्गमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक दमक–४ निवासी ३६ वर्षीय मिलन थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।
दमकबाट केर्खातर्फ जाँदै गरेको मे १ ख ३०२७ नम्बरको यात्रुबाहक बस र केर्खाबाट दमकतर्फ आउँदै गरेको प्र.१–०२–०५२ प. २२११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक दमक–४ निवासी ३६ वर्षीय मिलन थापा गम्भीर घाइते भएका थिए । घाइते थापालाई उपचारका लागि विराटनगरको आर्य न्युरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा राति ८:४० बजे थापालाई चिकित्सकले मृत घोषणा गरेका हुन ।
बस चालक गौरादह–४ निवासी ३२ वर्षीय सरकार टुडुलाई नियन्त्रणमा लिइएको छ । दुबै सवारीसाधन इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।