करेसाबारीमा बोडी टिप्न जाँदा करेन्ट लागेर ८ जना घाइते

सुरुङ्गा , २३ जेठ / झापाको कनकाई नगरपालिका वडा नं. २ जामुनखाडीमा करेसाबारीमा हात्ति रोक्न लगाएको करेन्टमा परि आज (शुक्रवार) विहान ८ जना घाइते घाईते भएका छन ।
स्थानीय फरक बहादुर बस्नेतको करेशाबारीमा हात्ति रोक्न लगाएको करेन्टमा परि बोडी टिपन गएका ८ जना घाईते भएका हुन ।
घाइते हुनेहरूमा ६४ वर्षीय फरकबहादुर बस्नेत, २६ वर्षीया अनु खड्का, २२ वर्षीया सन्ध्या कार्की, १८ वर्षीय सलिन कार्की, ३५ वर्षीय गोपाल बस्नेत, ५८ वर्षीया डम्बरकुमारी बस्नेत, २२ वर्षीया लक्ष्मी चौहान र ४४ वर्षीय तुलाराम कार्की रहेका छन्।
उनीहरू सबैलाई बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका लागि लगिएको छ। अस्पताल स्रोतका अनुसार घाइते सबैको अवस्था अहिले सामान्य रहेको छ।
विद्युत प्रवाह भएको तारमा छोएपछि करेन्ट लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।