ठोस खबर / जेष्ठ नागरिक संघ कनकाईले सोमबार नगरको सभाहलमा एक सचेतना तथा सम्मान कार्यक्रम आयोजना गरी कनकाई नगरका नौ वडाका नौ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

कनकाई नगरपालिकाको आर्थिक सहयोग साथै जेष्ठ नागरिक संघ कनकाईको आयोजनामा जेष्ठ नागरिकलाई स्वास्थ्य सचेतना प्रदान गर्नुका साथै सम्मान गरिएको हो ।

सम्मानित हुनेमा कनकाई वडा नं. १ का जेष्ठ नागरिक तारा प्रसाद खनाल वडा नं. २ का जेष्ठ नागरिक भक्त बहादुर पौडेल वडा नं. ३ का जेष्ठ नागरिक कुल प्रसाद बिमली वडा नं. ४ का जेष्ठ नागरिक तुलामाया कार्की वडा नं. ५ का जेष्ठ नागरिक भिम बहादुर लिम्बू वडा नं. ६ का जेष्ठ नागरिक चिरिन्जिवी उप्रेती वडा नं. ७ का जेष्ठ नागरिक कृष्णप्रसाद प्रसाईं वडा नं. ८ का जेष्ठ नागरिक मेमलाल राजवंशी र वडा नं. ९ का जेष्ठ नागरिक भुषण दर्जी रहनु भएको थियोे ।

उहाहरुलाई कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल , प्रशासकीय अधिकृत नारायण न्यौपाने , जेष्ठ नागरिक महासंघ प्रदेश सचिव जयप्रसाद संग्रौला , जेष्ठ नागरिक संघ कनकाईका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष शम्भु प्रसाद पोखरेल , जेष्ठ नागरिक संघ कनकाईका निवर्तमान अध्यक्ष पुण्यप्रसाद बाह्रकोटी लगायतले नगद सहित खादामाला र सम्मान पत्रबाट सम्मान गर्नु भएको थियो ।

जेष्ठ नागरिकलाई स्वास्थ्य चेतना प्रदान गर्ने उदेश्यले कार्यक्रममा स्वास्थ्य सचेतना गोष्ठी समेत गरिएको थियोे । सचेतना गोष्ठीमा आँखा स्वास्थ्य सम्बन्धि मेचि आँखा अस्पतालका स्वास्थ शिक्षा अधिकृत युवराज बोहराले सहजिकरण गर्नु भएको थियो भने सुगर , प्रेसर र थाईराईड सम्बन्धि डाक्टर करण पोखरेलले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा कनकाई ६ का वडा अध्यक्ष लक्ष्मी ओली , मेचि आँखा अस्पतालको प्रतिनिधि कविता कार्की कडरिया , नेपाल भारत मैत्री संघ कनकाईका अध्यक्ष अर्जुन बोहरा , जेष्ठ नागरिक संघ कनकाईका सल्लाहकारहरु , सबै बडा बडा सम्योजक साथै जेष्ठ नागरिकहरुको आतिथ्यता रहेको थियोे ।

कार्यक्रममा प्रमुख अतिथि राजेन्द्रकुमार पोखरेल , बिशिस्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने , जेष्ठ नागरिक महासंघ कोशी प्रदेस समितिका सचिव जयप्रसाद संग्रौला , जेष्ठ नागरिक संघ कनकाई ५ का संयोजक पुण्यप्रसाद ओझा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे भने सम्मानितको तर्फबाट चिरिन्जिबी उप्रेतीले धन्यवाद मन्तव्य राख्नु भएको थियोे ।
जेष्ठ नागरिक संघ कनकाई नगर समितिका अध्यक्ष शम्भु प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमको अौचित्य माथि प्रकाश जेष्ठ नागरिक संघ वडा नं. १ का संयोजक ऋषिकेश खतिवडाले गर्नु भएको थियो । कार्यक्रममा उपस्थित सबैलाई स्वागत जेष्ठ नागरिक संघ कनकाईको उपाध्यक्ष चम्फा खनाल सुवेदीले गर्नुभएको थियोे भने संचालन सचिव कृष्ण घिमिरेले गर्नु भएको थियोे ।