झापा , ६ असार / झापाको झापा गाउँपालिका ४ चौधरी टोलस्थित हुलाकी सडकखण्डमा शुक्रबार बिहान तिनजना सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

झापाको पन्थपाडाबाट झापा बजारतर्फ जाँदै गरेको One Test नम्बरको अपाची मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार २२ वर्षीय साहिदुल हकको पनि गम्भीर चोट लागेकाले बी एन्ड सी अस्पतालमै उपचारको क्रममा दिउँसो १२:५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाइकल चालक २४ वर्षीय फकिर अलि (इनरुल) गम्भीर घाइते भएका छन् । उनको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ र अहिले बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ सोही मोटरसाइकलमा सवार अर्का २१ वर्षीय सोहिल मियाँको अवस्था सामान्य रहेको र हाल विर्ता सिटी अस्पताल, बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनापछि प्रहरी चौकी टाघनडुब्बाको टोली घटना स्थलमा पुगी मोटरसाइकललाई नियन्त्रणमा लिई प्रहरी चौकीमा राखिएको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको झापा रप्रहरिले जनाइएको छ ।