चन्द्र बस्नेत
कनकाई, ७ असार / झापाको कनकाई नगरपालिका वडा नम्बर ७ ले वडामा रहेको सामुदायिक विद्यालयमा अध्ययनरत छात्र-छात्रालाई साईकल वितरण गरेको छ ।
वडाका सामुदायिक विद्यालयमा अध्यनरत्त आदिवासि जनजाति विद्यार्थीहरुलाई शुक्रबार वडा कार्यलयमा एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै साईकल वितरण गरेको हो ।

आदिवासि जनजाति महासंघ वडा समन्वय समिती तथा वडाका १० वटै टोलको सिफारिसको आधारमा वडामा रहेका सामुदायिक विद्यालयमा अध्ययरत्त १२ जना
छात्र-छात्रालाई साईकल वितरण गरिएको वडा अध्यक्ष भीष्मभुषण सिटौलाले जानकारी दिनुभयो ।

वडाले प्राप्त बजेटको सदुपयोग गर्दै धेरै भन्दा धेरै काम गर्ने योजना अनुरुप वडामा भौतिक पुर्वधार अन्तर्गत बाटोघाटो निर्माण देखी , युवा , विद्यार्थी , विपन्न , महिला , दलित , अल्पसंख्यक तथा पिछडिएको वर्ग, जेष्ठ नागरिक , कृषि ,स्वास्थ्य ,शिक्षा , सहित माग र आवश्यकताका आधारमा विभिन्न संघ-सस्थालाई समेत मिलाएर बजेटको व्यवस्थापन सहित कार्यक्रमहरु गरिरहे को छ ।

साईकल बितरण संगै वडाले चालू आर्थिक वर्षमा जेष्ठ नागरिक तर्फ जेष्ठ नागरिक सम्मान, जेष्ठ नागरिक अवलोकन भ्रमण, स्वास्थ्य शिविर समेत गराईसकेको छ भने महिला तथा युवा युवती लक्षित स्वरोजगार सहित आत्मनिर्भर बन्ने कार्यक्रममा अन्तर्गत ब्युटिसीयन तालीम , ड्राईभिङ्ग तालिम , ईलेक्ट्रीसियन सहित प्लबिङ्ग तालिम , झोला तथा माला बनाउने तालीम , सेनेटरी प्याड तथा गुडिया बनाउने तालीम फिनेल, हर्पिक , सरफ तथा साबन बनाउने तालिम , क्षमता अभिवृद्धि अन्तर्गत माईनट लेखन तथा उद्धघोषण तालिम विद्यार्थी तर्फ कम्युटर तालिम , खेल सामाग्री वितर लगायतका कार्य गरेको वडा सदस्य अरुणा सुब्बाले जानकारी दिनुभयो ।

चालू आर्थिक वर्षमा नै कृषि अन्तर्गत तरकारी खेती गर्ने कृषकलाई मल्चिङ्ग पाल्स्टिक वितरण , सिचाइका लागी मोटर , मकै छोडाउने तथा रोप्ने मिसिन , त्यस्तै स्प्रेट्याङ्की , सियो बनाउने हाते हलो तथा काटा समेत वितरण गरिएको वडा सदस्य निर्मल आङ्थुपोले जानकारी दिनुभयो ।

पछिल्लो समय युवा वर्ग विदेशिने अनि गाउँघरमा जेष्ठ मातापिता र बालबालिका मात्रै रहको अवस्थामा यहाँ युवालाई स्वदेमै टिकाउन र कृषि क्षेत्रको प्रबद्र्धन गर्न लागिपरेको वडा अध्यक्ष सिटौलाले बताउनुभयो ।
वडा कार्यलयले अति विपन्न भएका घर–परिवारलाई मिटर बक्स निरन्तर वितरण गरेको अध्यक्ष सिटौलाले बताउनुभयो । उहाँले पछिल्लो समय सीमित स्रोत साधनले पनि वडाबासीलाई सन्तुलनमा राखेर विपन्नलाई उपचारका लागि वडाले ५ हजारका दरले औषधि उपचार खर्च उपलब्ध गराउदै आएको बताउनुभयो ।

यता नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरपालिकाले कृषि उत्पादनमा नै जोड दिदै नगरका सबै वडामा पहिलो प्राथमिकता राखेको बताउनुभयो । उहाँले निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउनुका साथै अग्र्यानिक कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको हो।

करिब ५७ हजारभन्दा बढी जनसंख्या रहेको कनकाईमा नगरपालिकामा सबै क्षेत्रलाई समेटेर बजेट विनियोजन गरेको कनकाईले कृषिमा आत्मनिर्भर बनाउने नीति लिएको छ । जसका लागि कृषकलाई खेती गर्न सहज हुने वातावरण निर्माण गरिरहेका छ । कृषिको माध्यमबाट आयात प्रतिस्थापनसँगै स्वरोजगार बन्न सकिने भएकाले पनि कृषि क्षेत्रलाई बढी प्राथमिकता दिएको नगर प्रमुख पोखरेलले बताउनुभयो ।
नगरपालिकाले हेफर प्रोजेक्ट, अभियान नेपाल र कारितास नेपालसँगको सहकार्यमा कृषकहरुका लागी बिउमा अनुदान, विषादीमुक्त खेतीमा जोड, स्प्रे ट्याङ्ग्की वितरण, धानको बीउ उत्पादन पचास प्रतिशत अनुदान दिएको पाईएको छ ।