कनकाई नगरपालिकाको प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत गायन र नृत्य प्रतियोगिता सम्पन्न

ठोस खबर / कनकाई नगरपालिका भित्र लुकेर रहेका प्रतिभालाई उजगार गर्ने उदेष्यले कनकाई नगरपालिकाले विगत ४ बर्ष देखी हरेक बर्ष निरन्तर आयोजना गर्दै आएको प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत यस बर्षको कार्यक्रम सम्पन्न भएको छ ।
कनकाई नगरपालिकाको आयोजना तथा संगीत साधना कलाकेन्द्रको संचालन साथै व्यवस्थापनमा गत बैशाख २१ गतेबाट कनकाई नगरपालिका भित्र रहेका ३५ वटा निजि तथा सामुदायिक बिद्यालयका प्राथमिक , आधारभुत र मावि गरी तिनै तहका बिद्यार्थीहरुबिच गायन र नृत्य विधामा बिभिन्न चरणमा प्रतिस्पर्धा गरि प्रशिक्षण समेत गराई तिनै तहबाट ७० भन्दा बढी प्रतिष्पर्धी बिचबाट छनौट भएका उत्कृष्ट ५/५ जना कलाकार बिच शनिबार जेसीज सभाहल सुरुङ्गामा फाईनल प्रतिस्पर्धामा गर्दै यस बर्षको प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिस्पर्धामा गायन तर्फ प्राथमिक तहबाट कनकाई माविका छात्र कृतेश ठटाल प्रथम , माउन्ट अन्नपूर्णकी छात्रा नव्या कटुवाल द्वितीय र हरिकुलका छात्र सत्कार थपलिया तृतिय साथै हाम्रो पाठशालाकी छात्रा अदिती उप्रेती र जनचेतनाका छात्र सन्दिप विक शान्तवना , आधारभुत तहबाट प्यारागन एकेडेमीका छात्र संकेत पौडेल प्रथम , माउन्ट अन्नपूर्णकी छात्रा अपेक्षा भण्डारी द्वितीय र हरिकुलकी छात्रा दिवाली मैनाली तृतिय साथै झापा मेरिगोल्डकी छात्रा रिदिमा ढकाल , फक्ताङ्लुङी छात्रा आरोही पोखरेल र हाम्रो पाठशालाकी छात्रा क्रिञ्जल निरौला शान्त्वना र मावि तहबाट हरिकुलकी छात्रा आयुसा फुयाल प्रथम , फक्ताङलुङकी शिखा बिश्वकर्मा द्वितीय र देवकोटाकी स्मारिका गुरगाई तृतिय साथै दिव्यरत्नकी निक्षा निरौला र बिद्योदयकी सगम रसाइली शान्त्वना हुन सफल हुनुभएको छ ।
त्यसै गरी नृत्य तर्फ प्राथमिक तहबाट सरस्वती माविकी छात्रा रेविका सिग्देल प्रथम , हाम्रो पाठशालाकी छात्र अदिति उप्रेती द्वितीय र मर्निङ ग्लोरीकी छात्रा अपेक्षा सुवेदी तृतिय साथै कनकाई माविकी छात्रा समृद्धि कार्की र ग्लोबल एडुकेयरकी छात्रा सिजुका लिम्बू शान्त्वना , आधारभुत तहबाट देवकोटा एजुकेसनकी छात्रा नेरिका राई प्रथम , भगवतीकी छात्रा आयुसा दर्नाल द्वितीय र मर्निङ ग्लोरीकी छात्रा रितिका बुढाथोकी तृतिय साथै जानकीकी छात्रा समिक्षा हेमरम र प्यारागनकी छात्रा आशिमा मैनाली शान्त्वना र मावि तहबाट हरिकुलकी छात्रा अस्मिता लिम्बू प्रथम , पशुपतिकी छात्रा आयुस्मा चिमरिया द्वितीय र नवयुगकी छात्रा सुदिक्षा मुर्मु तृतिय साथै हिमालि माविकी छात्रा जेसिका राई र बिद्योदयकी छात्रा रेसिका बस्नेत शान्त्वना हुन सफल हुनुभएको छ ।
प्रतिस्पर्धामा दुवै बिधा र सबै तहका प्रथम , द्वितीय , तृतीय हुने कलाकारहरुलाई क्रमशः नगद तिन हजार , दुई हजार पाँच सय , एक हजार पाँच सय , ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियोे , त्यस्तै सान्त्वना घोषीत सबैलाई नगद पाँच सय सहित प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कृत सबैलाई कनकाई नगरपालिकाका नगर शिक्षा अधिकृत राजकुमार ओडारी , नगर शिक्षा समिति सदस्य तथा कनकाई माविका प्रअ कर्णबहादुर डाँगी , गायन प्रशिक्षक ध्रुव पाठक , नृत्य प्रशिक्षक अमन गुप्ता लगायतले पुरस्कार प्रदान गर्नुभएको थियोे ।
प्रतियोगिताको पहिलो छनौट चरणमा हरेक बिद्यालयमा पुगी गायन तर्फ संगित साधना कलाकेन्द्रका संस्थापक ध्रुव पाठक र नृत्य तर्फ सुरुङ्गा डान्स सेन्टरका संस्थापक अमन गुप्ताले प्रतिभा छनौट गर्नु भएको थियोे भने त्यस पछिका चरणमा गायन तर्फ संगीत प्रशिक्षक देवि वराल र दिनेश घिमिरेले र नृत्य तर्फ नृत्य प्रशिक्षक सन्तोषी राजवंशी र साजन मण्डलले निर्णायकको भुमिका निर्वाह गर्नु भएको थियो । फाईनल चरणको निर्णय गायन तर्फ संगीत प्रशीक्षक कृष्ण योञ्जन र दिपक रायमाझीले र नृत्य तर्फ नृत्य प्रशिक्षक पदम तामाङ र जिवन कुलुङ्ले गर्नु भएको थियो । निर्णयको अन्तिम नतिजा नगर शिक्षा समिति सदस्य अखिल कोईरालाले घोषणा गर्नु भएको थियोे ।

कार्यक्रममा अध्यक्षको मन्तव्य राख्दै कार्यक्रमका अध्यक्ष तथा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले लुकेर रहेका प्रतिभाको खोजिगरी उनिहरुको प्रतिभालाई प्रस्फुटन गराउने उदेश्यले नगरले यस किसिमको कार्यक्रम आयोजना गरेको वताउनु भयो । उहाँले यसरी अगाडि आएका प्रतिभाले भोलीका दिनमा देश विदेशमा नगरको नामराख्नुका साथै आफ्नो भविष्य समेत उज्वल बनाउने विश्वास ब्यक्त गर्नु भयो । नगरले गायन र नृत्यमा मात्रै नभएर खेलकुद , वक्तृत्व कला , हाजिरी जवाफ, चित्रकला लगायतका यस किसिमका धेरै कार्यक्रमहरु आयोजना गर्दै आएको र यसलाई आगामी दिनमा समेत निरन्तरता दिदै जाने बताउनु भयो ।
विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि , विभिन्न बिद्यालयका प्रअ तथा प्रतिनिधि , अभिभावक लगायतको आतिथ्यता रहेको कार्यक्रममा नगर शिक्षा अधिकृत राजकुमार ओडारी , नगर शिक्षा समिति सदस्य तथा कनकाई माविका प्रअ कर्ण बहादुर डाँगी , नगर प्याब्सन अध्यक्ष विनोद उप्रेती लगायतले मन्तव्य राख्नुभएको थियोे ।

कार्यक्रमको अौचित्यमाथी प्रकाश प्रतियोगिता संचालक तथा व्यवस्थापक संस्था संगीत साधना कलाकेन्द्रका संस्थापक ध्रुव पाठकले पार्नु भएको थियो । कार्यक्रममा उपस्थित सबैलाई शब्द मार्फत स्वागत संगीत साधना कलाकेन्द्रका सचिव दिलिप कुमार खतिवडाले र गित मार्फत स्वागत संगित साधना कलाकेन्द्रका कलाकारहरुले गर्नुभएको थियो भने कार्यक्रम संचालन संगित साधना कलाकेन्द्रका सहसचिव लेखनाथ गुरगाँईले गर्नु भएको थियोे ।