ग्लोबल एडुकेयरले निकाल्यो एसइईमा सत प्रतिशत नतिजा

ठोस खबर / झापाको कनकाई नगरपालिका ३ मा २०५८ सालमा स्थापना भई विगत १० बर्ष देखी निरन्तर एसइईमा सहभागी बन्दै आएको ग्लोबल एडुकेयर एकेडेमीले एसइईमा सत प्रतिशत नतिजा निकाल्न सफल भएको छ ।
बिद्यालयबाट २०८१ को एसइईमा सहभागी १६ जना बिद्यार्थी मध्ये नगरमै दोस्रो स्थान ३.८७ प्रतिशत सहित बिद्यालयकी छात्रा निश्मा पाठक उत्तिर्ण भएकी छन ।

निश्मा सहित बिद्यालयबाट ३.६० भन्दा माथि जिपिए ल्याएर २ जना , ३.२० माथि ३.६० जिपीए ल्याएर ११ जना र २.८० भन्दा माथि ३.२० सम्म जिपीए ल्याएर ३ जना गरि सहभागी सबै बिद्यार्थी उत्तीर्ण भएका छन ।

बिद्यालयले दशैंपछि नै एसईई तयारी गरिरहेका विद्यार्थीलाई नियमित पठनपाठनसंगै अतिरिक्त कक्षाहरू समेत सञ्चालन गरेर पठनपाठन गराउने गरेको र शिक्षक र विद्यार्थीहरूको निरन्तर मेहनत साथै अभिभावकको सकरात्मक सपोर्टलले बिद्यालयले यो परिणाम निकाल्न सकेको विद्यालयका पिन्सिपल बिमान लामाले वताउनु भएको छ ।

विद्यालयले व्यवहारिक शिक्षामा आधारित आधुनिक पठनपाठन प्रणालीमा जोड दिँदै र बिद्यालयको शिक्षण पद्धतिप्रति विद्यार्थी र अभिभावकहरू सन्तुष्ट हुनु नै बिद्यालयको मुख्य उद्देश्य र सफलताको आधार भएको पनि लामाले जानकारी दिनुभएको छ ।
कनकाईमै रहेका एसईईमा सहभागी ७ सामुदायिक र १४ निजि बिद्यालयहरुमा ग्लोबल सहित वेनुवाजा अङ्ग्रेजी मावि , फक्ताङलुङ अंग्रेजीमावी र पाथिभा एकेडेमी समेतले सत प्रतिशत नतिजा निकालेका छन । समग्रमा कनकाईमा गत बर्षको भन्दा यस बर्ष एसइईको नतिजा सुधार भएको नगर शिक्षा , युवा तथा खेलकुद शाखा प्रमुख राजकुमार ओडारीले जानकारी दिनुभएको छ ।
कनकाई नगरबाट एसईई २०८१ मा निजि र सामुदायिक बाट जम्मा ८२४ बिद्यार्थी सहभागी भएका थिए भने ६३३ अर्थात ७६.८२ प्रतिशत बिद्यार्थी पास भएका र बाँकी १९१ बिद्यार्थीको नतिजा एनजी आएको पनि नगर शिक्षा , युवा तथा खेलकुद शाखा प्रमुख राजकुमार ओडारीले जानकारी दिनुभएको छ
कनकाई नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयबाटमात्रै यस बर्षको एसईईमा ३७७ जना बिद्यार्थी सहभागी भएकोमा २११ जना अर्थात ५५.९६८ प्रतिश बिद्यार्थी उत्तीर्ण भएका छन भने १६६ बिद्यार्थी एनजी भएका छन ।
कनकाई नगरपालिका भित्र रहेका संस्थागत विद्यालयबाटमात्रै यस बर्षको एसईईमा ४७७ जना बिद्यार्थी सहभागी भएकोमा ४२० जना अर्थात ९३.९५ प्रतिशत बिद्यार्थी उत्तीर्ण भएका छन भने २७ जना बिद्यार्थी एनजी भएका छन ।