कनकाईमा ६२ जना विद्यार्थीलाई प्रोफेशनल आईटी एन्ड कम्प्युटर ट्रेनिङ्ग

कनकाई / झापाको कनकाईमा ६२ जना बिद्यार्थीलाई ३ महिने निशुल्क प्रोफेशनल आईटी एन्ड कम्प्युटर ट्रेनिङ्ग प्रदान गरिएको छ ।
कनकाई नगरपालिका वडा न ७ को ५० हजार आर्थिक सहयोगमा कनकाई नगरपालिका वडा ७ स्थित कनकाई पोलिटेक्निकल ईन्स्टिच्युट दुर्गापुरमा ६२ जना विद्यार्थीलाई निशुल्क प्रोफेशनल आईटी एन्ड कम्प्युटर ट्रेनिङ्ग कोर्स तालिम दिएको हो ।

गत बैशाख २० गतेबाट सुरु गरिएको विभिन्न विधाको प्रोफेशनल आईटी एन्ड कम्प्युटर ट्रेनिङ्ग कोर्समा कम्प्युट सम्बन्धि विभिन्न सिकाई सहित मर्मत , सि सि क्यामेरा जडान देखि मर्मत , फोटोकपी मिसिन मर्मत सम्मका विभिन्न सिपहरु निशुल्क सिकाईएको कनकाई ७ का वडा अध्यक्ष भिष्मभुषण सिटौलाले जानकारी दिनुभयो ।
छुट्टाछुट्टै सबै प्रशिक्षार्थीलाई कम्प्युटर सम्बन्धि , नेटवर्किन्ङ्ग सम्बन्धि र ईलेक्ट्रीकल्स सम्बन्धि ट्रेनिङ्ग दिईएको थियोे । जसमा कम्प्युटर सम्बन्धि सागर अधिकारी, नेटवर्किङ सम्बन्धि भेषराज लामिछाने र ईलेक्ट्रीकल्स सम्बन्धि तालिमको प्रशिक्षकमा रमेशकुमार घिमिरे रहनुभएको थियोे ।

सोमबार तालिम समापनको अवसरमा कार्यक्रमका अध्यक्षता समेत गर्नुभएका सोही वडाका वडा अध्यक्ष भिष्मभुषण सिटौलाले वडामा थोरै बजेट भएपनि धेरैलाई अवसर समेत दिएको त्यसमा परिक्षानै लिएर प्रमाणपत्र उपलब्ध गराएको जानकारी दिनुभयो । उहाँले ६२ जना मद्ये २ जना उत्कृष्टलाई रोजाईको समेत ग्यारेन्टी लिएको बताउनुभएको छ ।

त्यस्तै कनकाई पोलिटेक्निकल ईन्स्टिच्युटका प्रिन्सिपल खगेन्द्र मिश्रले पुर्ण रुपमा स्थानीय तहको स्वामित्वमा संचालित पोलिटेक्निकल ईन्स्टिच्युटमा प्राविधिक ज्ञान लिनेको आकर्षण बढदै अहिले ३ सय भन्दा बढी विद्यार्थीले विभिन्न विधाका कक्षाहरु संचालन भईरहेको बताउनुभयो ।
