झापा , २५ असार / झापाको बाह्रदर्शी-१ खैरबारी स्थित भित्री सडक खण्डमा मोटरसाइकल र स्कुटर दुर्घटना हुदा दुईजनाको मृत्युु भएको छ भने दुईजना गम्भीर घाईते भएका छन ।

बाह्रदर्शी-१ खैरबारी स्थित भित्री सडक खण्डमा बुधबार दिउसो करिव ४ बजेको समयमा राजगढबाट कुटी तर्फ जादै गरेको बिआर ३७ एजे ६४४० नम्बरको मोटरसाईकल र बिपरीत दिशावाट आउदै गरेको प्र.१-०१-०१६ प ९२७० नम्बरको स्कुटर ठक्कर खाएको थियो ।

घटनामा तत्काल नाम थर वतन नखुलेको स्कुटर चालक र मोटरसाईकल चालकलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको थियो । उपचारकाक्रममा दिउसो ४:४० बजे स्कुटर चालक कचनकवल गा.पा. ३ बस्ने बर्ष ६० को श्री प्रसाद राजबंशी र मोटरसाइकल चालक (नामथर वतन नखुलेको) को मृत्यू भएको प्रहरीले जनाएको छ ।

स्कुटिको पछाडि सवार मृतक राजवंशीको बुहारी बर्ष २७ कि उर्मिला राजबशी र निजकै छोरा बर्ष ३ को आयुष राजबशी गम्भीर घाइते भएका र उनीहरूको उपचार भईरहेको झापा प्रहरीले जनाएको छ ।