झापामा लागु अौषध कारोवारीलाई गोली प्रहार गरी नियन्त्रण

झापा , १० साउन / झापामा गोलि प्रहार गरी लागुअौषध सहित एक जनालाई प्रहरिले नियन्त्रणमा लएको छ ।
झापा भद्रपुर नगरपालिका ५ भद्रपुर वजार स्थित भित्रि सडक खण्डमा दिउसो पौने ४ बजेको समयमा लागु अौषध कारोवार भई रहेको भन्ने सुचनाको आधारमा जिप्रका झापावाट खटिएको प्रहरी टोलि र लागु अौषध नियन्त्रण व्युरो काँकरभिट्टावाट खटिएको टोलीले शंकास्पद अवस्थामा हिडि रहेको भारतीय नागरिक मोहमद इस्लामलाई नियन्त्रणमा लिने क्रममा प्रहरीलाईनै आक्रमण गरी भाग्न खोजेपछि प्रहरिले गोलि प्रहार गरी नियन्त्रणमा लिएको झापा प्रहरिले जनाएको छ ।
मोहमदको साथबाट लागुअौषध खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक सहित ११० ग्राम २०० मिलिग्राम र प्लाष्टिक बाहेक १०७ ग्राम १०० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ ।
भारत किसनगंज जिल्ला कोल्लिकोट थाना वस्ने वर्ष ३६ को मोहमदलाई नियन्त्रणमा लिने क्रममा प्रहरिले दुई राउन्ड गोलि प्रहार गर्दा मोहमदको वायाँ खुट्टाको घुँडा मुनि लागेको र घाइतेको प्रहरी निग्रानीमा प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भई रहेको बताईएको छ ।यस बिषयमा थप अनुसंधान भइरहेको प्रहरिले जनाएको छ ।
