ठोस खबर , ११ साउन / झापाको दमक १ स्थित बरगाछी भित्री सडक खण्डमा जंगलि हात्तीको आक्रमणबाट दुइजना घाईते भएका छन ।

आईतवार विहान अन्दाजी ४:१५ बजेको समयमा मर्निङ वाकमा निस्किएको अवस्थामा हात्तीको आक्रमणबाट दमक १ बस्ने बर्ष ४७ की सुनिता राई र बर्ष ४२ की कविता राई घाईते भएका हुन ।

घाईते सुनिता राईको टाउको, दाहिने आँखी भौ, दुबै खुट्टा, बाँया हात र शरिरको बिभिन्नमा भागमा चोट लागेको र अवस्था गम्भिर रहेको छ भने अर्की घाईते कविता राईको बाँया खुट्टाको कुर्कुच्चामा चोट लागेको र उहाको अबस्था बोल्न सक्ने मध्यम रहेको झापा प्रहरिले जानकारी गराएको छ ।
हाल दुबै जना घाइतेको दमक अस्पताल दमकमा उपचार भइ रहेको वताईएको छ ।