शिवसताक्षीबाट लागुऔषध सहित दुई जना पक्राउ

ठोस खबर / झापाको शिवसताक्षीबाट लागुअौषध सहित दुईजनालाई प्रहरिले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका वडा नम्बर ५ सालडाँगि बस्ने बर्ष २९ को राजेन्द्र कुमार ताजपुरिया र
वर्ष २१ को अजय ताजपुरिया रहेको प्रहरिले जानकारी दिएको छ ।
उनिहरुलाई आईतवार राती ११ : २० बजेको समयमा इलाका प्रहरी कार्यालय शिवगंज र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको संयुक्त प्रहरी टोलीले राजेन्द्र कुमार ताजपुरियाको कोठामा अजय ताजपुरिया समेत भई बेचबिखन गर्नलाई प्लाष्टिकमा पोका पार्दै गरेको अबस्थामा लागुऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ प्लास्टिक सहित १५ ग्राम २३ मिलिग्राम र प्लास्टिक बाहेक ८ ग्राम सहित फेला पारी उक्त लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।
उनिहरुलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखि थप अनुसन्धान कार्य जारी रहेको प्रहरिले जनाएको छ ।
