ठोस खबर / झपाको कनकाई नगरपालिका ३ सुरङ्गामा आज (विहिबार) विहान पानी तताउने क्रममा ग्यास सिलिन्डर लिख भई आगलागी हुदा एकजना जलेर घाईते भएकी छन ।

सुरुङ्गा तल्लो बजार क्याम्पस राेड स्थित धुर्व श्रेष्ठको घरमा डेरा गरी बस्ने बर्ष ८१ की बाटुलिमाया दाहालको कोठामा आज (विहिबार) विहान ६:३० बजे ग्यास सिलिण्डरबाट ग्यास लिक भई आगलागि हुदा कोठामा रहेका सबै सामान जलेर नष्ट्र भएको छ ।

आगलागिमा परि बाटुलिमाया दाहाल जलेर सख्त घाइते भएकि छिन उनकाे शरिरकाे ३० प्रतिशत भाग जलेकाे छ । उनलाई कनकाई नगर अस्पतालमा प्रथमिक उपचार पछि थप उपचारको लागी प्रादेशिक अस्पताल भद्रपुर पठाईएको छ । अवस्था मध्यम रहेको छ ।

आगाे शिवसताक्षि नगरपालिका र विर्तामोड नगरपालिकाको दमकल , सुरुङ्गा प्रहरी , कनकाई नगर प्रहरी , स्थानीय , पत्रकारको सहयाेगमा करिव डेढ घण्टामा पुर्ण रुपमा नियन्त्रणमा लिएको छ ।
आगलागीबाट के कति क्षति भएको छ थप विवरण आउन बाँकी छ ।