ठोस खबर / नयाँ आर्थिक बर्ष सुरु भए लगतै झापाको कनकाई नगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ ।

अनुगमनमा सक्रियता देखाउदै बिहिबार नगरले दुईवटा अनुगमन टोली बनाएर एकै दिन नगरका सबै मुख्य बजारहरु सुरुङ्गा , दुर्गापुर , लक्ष्मीपुर र घैलाडुब्बामा रहेका सबै फार्मेसी साथै क्लिनिकमा अनुगमन गरेको छ ।
धेरैजसो क्लिनिक तथा फार्मेसीहरुमा सिमा अबधि नाघेका अौषधिहरु भेटिएका छन । तेस्तै कतिपय क्लिनिक तथा फार्मेसीहरुको व्यवसाय संचालनका लागि आवाश्यक केहि कागज पत्र नभएको समेत पाईएको छ ।
यस्ता क्लिनिक तथा फार्मेसीहरुलाई पहिलोपटक सल्लाहा सुझाव दिईएको छ भने केही फार्मेसीमा तथा क्लिनिकमा बिक्री कक्षमै भेटिएका सिमाअबधि नाघेका अौषधी बरामद गरी टिप्पणी उठाई नगरले नियन्त्रणमा लिएको छ ।


यसरि नियन्त्रणमा लिएका अौषधीहरुका बारेमा भने संबंधित व्यवसायका संचालकलाई नगरमा बोलाई पहिलोपटक सल्लाह सुझाव दिई अौषधि व्यवसायको नियम अनुसार गरिने नगर उप प्रमुख तथा अनुगमन समिति संयोजक आशा शर्मा शिवाकोटीले जानकारी दिनुभएको छ ।

नगरले बजार अनुगमनकै क्रममा अघिल्ला दिनहरुमा सुर्तीजन्य पदार्थ निषेधित कनकाईका बजारहरु सुरुङ्गा , दुर्गापुर र लक्ष्मीपुरमा अनुगमन गरी सुर्तीजन्य पदार्थ साथै किराना पसलहरुमा बिक्रीका लागि राखीएका म्याद गुज्रिएका खाद्य सामग्रीहरू भेटी बरामद गरेर सुरक्षीत ठाउमा लगी नस्ट समेत गरेको छ ।

पटक–पटक माफी मिनाहा गर्न नसकिने भन्दै नगरका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद न्यौपानेले पहिलोपटक नियम उल्लङ्घन गर्ने व्यापारीलाई चेतावनी दिइएको र फेरि पनि नियम उल्लङ्घन गरेको भेटिए अब जरिवाना सुरु गरिने वताउनु भएको छ ।

दुई टोलि वनाई विहिबार गरिएको अनुगमनमा कनकाई नगरपालिकाकी उपप्रमुख तथा अनुगमन समिति संयोजक आशाशर्मा शिवाकोटीको नेतृव्मा रहेको नगर वालकल्याण अधिकारी उमानथ ढकाल , सिनियर अहेव अधिकृत द्वय खगेन्द्र दंगाल , ईन्द्रहरि भट्टराई , कार्यपालिका सदस्य कृष्णमाया भुजेल , कृषि प्राविधिक सितल अर्याल , कनकाई उद्योग वाणिज्य संघका सदस्य टंक प्रसाद भट्टराई , पत्रकार सिएम शर्मा , ईप्रका घैलाडुब्वाका प्रहरि प्रमुख नेतृवको टोलि र नगर प्रहरिको टोलिले घैलाडुब्बा , लक्ष्मीपुर र दुर्गापुर बजार अनुगमन गरेको हो भने नगरका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद न्यौपानेको नेतृत्वमा रहेको अनुगमन समितिका सदस्य सचिव हरिप्रसाद पौडेल , जिल्ला जनस्वास्थ्य निरिक्षक बालकृष्ण गौतम , नगर जनस्वास्थ्य निरिक्षक नारायण अधिकारी , सिनियर अनमी टिकामाया दवाडी , नर्सिङ अधिकृत निशा संग्रौला , साहायक पाचौ सम्झना तिवारी , कनकाई उद्योग वाणिज्य संघक कार्यवाहक अध्यक्ष जनक कार्की , महासचिव सरोज सिटौला , पत्रकार राम निरौला , ईप्रका सुरुङ्गाको टोली र नगर प्रहरीको टोलिले सुरुङ्गा बजारमा अनुगमन गरेको हो ।
अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिदै अझ सशक्त बनाईने कनकाई नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले वताउनु भएको छ ।