बाह्रदशीमा १५ वर्षीया किशोरीको खोलामा डुबी मृत्यु

झापा , ३० साउन / झापाको बाह्रदशी गाउँपालिका–५ कालिदास टोलकी १५ वर्षीया झरना राजवँशीको खोलामा डुबी मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गौरीशंकर माध्यमिक विद्यालय डाँगिबारीमा कक्षा १० मा अध्ययनरत झरना शुक्रबार दिउँसो करिब ३ बजेतिर ७/८ जना साथीहरुसँग नजिकैको घाघ्रा खोलामा पौडी खेल्न गएकी थिइन्। त्यतिबेला खोलाको बहाव उच्च रहेकाले उनी घुमाउने दहमा परेर बेपत्ता भएकी थिइन्।
पछिल्लो खोजीमा उनी खोलाको सोही स्थानबाट करिब ३० मिटर दक्षिणतर्फ झाडीमा अड्किएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको थियो। प्रहरीले घटनाको आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाएको छ ।
