ठोस खबर / नदिले वगाएर ल्याएका दाउरा निकाल्न जाने क्रममा कनकाई नदिले बगाएर बेपत्ता भएका कनकाई नगरपालिका ५ कनकाई टोल निवासी ६० बर्षिय चन्द्र बहादुर विक ८ दिन सम्म खोजि गर्दा पनि नभेटेपछि परिवारले कुशको शव स्थापना गरि अन्तिम संस्कार गरेको छ ।

वि क साउन २३ गते शुक्रबार दिउसो अन्दाजी १२ बजेको समयमा शिवसताक्षि नगरपालिका वडा न.१० र ७ को सिमाना टेक्रा स्थित कनकाई माई नदिबाट दाउरा निकाल्ने क्रममा खोलाले बगाई बेपत्ता भएका थिए ।

नेपाल प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा ८ दिन सम्म खोजि गर्दा पनि उनि नभेटेपछि साउन ३० गते शुक्रबार कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल , वडाका जनप्रतिनिधि , ईलाका प्रहरि कार्यलय झिल्झिलेका प्रतिनिधि , स्थानीय लगायतको रोहवरमा परिवारले कुशको शव स्थापनागरी हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरी सुद्धयाई कार्य सुरु गरेको कनकाई नगरपालिका ५ का वडा सदस्य डिल्ली उप्रेतीले वताउनु भएको छ ।